१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै मधेश तेस्रो जित हात पारे

Logo
न्यूजमधेश प्रकाशित शनिबार, माघ ०६, २०८०

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

२३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।

एक समय कर्णाली २८.२ ओभरमा १०४–७ को अवस्थामा पुगेको थियो । आठौं विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी गर्दै कर्णालीको जितको आशा कायमै राखेका थिए । तर तीव्र गतिका बलर राजेश यादवको ४० औं ओभरको चौथो बलमा दिनेश आउट भएपछि कर्णालीको जितको सम्भावना लगभग सकिएको थियो । सट बलमा छक्का हान्न खोज्दा टप एज लागेर उनी मिडअफमा मयन यादवबाट क्याच हुन पुगेका थिए ।

अर्जुन अन्तिम विकेटको रुपमा लङअनमा पवन सरार्फबाट क्याच आउट भए । कर्णालीले कप्तान तथा प्रमुख ब्याटर रवीन्द्रजंग शाहीलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर राजेश यादवको बलमा रवीन्द्र एज लागेर फस्टस्लिपमा रञ्जित कुमारबाट क्याच आउट भएका थिए ।

राजेश यादवले नै हिमांशु शाहीलाई २ रनमा क्याच आउट गराए । तेस्रो विकेटका लागि विपिन शाही र अर्जुन घर्तीले ४४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । विपिन शाही स्पिनर रञ्जित कुमारको बलमा कभरमा रुपेशबाट क्याच आउट भएपछि कर्णालीलाई ठूलो झड्का लागेको थियो । विपिन शाहीले ३८ बलमा ६ चौकासहित ३१ रनको इनिङ खेले ।

निश्चल रावल प्रदीप पासवानको बलमा ४ रनमा बोल्ड आउट भए । दीपेन्द्र रावत ५, प्रकाश जैसी १४ र युनिस सिंह शून्यमा आउट हुन पुगे ।

मधेशका राजेश यादवले ६ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १-१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। मधेशका कप्तान हरिशंकर शाहले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेले । युवा ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए । अनिलकुमार साहले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनको योगदान दिए ।

ओपनर अनिल र हरिशंकरले मधेशलाई पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पवन सरार्फ ११, निरज यादव शून्य, राहुल मण्डल १० र रुपेश सिंह ३ रनमा आउट भएपछि मधेश ८५–० बाट १६३–६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि मयन यादव र अभिषेक तिवारीले ४१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलिङ अलराउन्डर अभिषेक तिवारीले ३७ बलमा ४ चौका र १ छक्कासहित ३४ र बनाउँदै आउट भए । राजेश यादव र प्रदीप पासवानले ११-११ रन जोडे ।

कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक-एक विकेट लिए ।

यो जितले मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । सुदूरपश्चि ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

बागमती ५ खेलमा ६ अंक भए पनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । तीन विभाग र ७ प्रदेश गरी कुल १० टोलीको सहभागीता छ । राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]