१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

त्रुटि स्वीकार र नदोहरिने प्रतिबद्धता पछि औरही गापाको तालाबन्दी खुल्यो

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित सोमबार, माघ ०८, २०८०

०८ माघ , औरही : सिरहाको औरही गाउँपालिकामा भएको तालाबन्दी खुलेको छ। गत माघ ०५ गते औरही गाउँपालिकाले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा पार्टी प्रबेश कार्यक्रम गराएपछी जनमत पार्टीले हिजो औरही गाउँपालिकामा तालाबन्दी गरेको थियो ।

औरही गाउँपालिका र जनमत पार्टी बिच आज भएको ०७ बुंदे सहमति पछि तालाबन्दी खुलेको छ। सरकारको तर्फबाट बलिदानी दिवसको दिन भएको कुनै पनि खर्च पालिकाबाट भुक्तानी नगर्ने , सरकारको कार्यक्रममा पार्टी प्रबेश गराएर त्रुटि भएको स्विकार्दै आइन्दा यस्ता त्रुटि नहुने लगायतका बुंदाहरुमा सहमति गरेपछी तालाबन्दी खुलेको जनमत पार्टीले जनाएको छ ।
औरही गाउँपालिकाले आज बिहानै जनमत पार्टीलाई सम्बोधन गर्दै वार्ताका लागि अहवान गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]