१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

त्रुटि स्वीकार र नदोहरिने प्रतिबद्धता पछि औरही गापाको तालाबन्दी खुल्यो

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित सोमबार, माघ ०८, २०८०

०८ माघ , औरही : सिरहाको औरही गाउँपालिकामा भएको तालाबन्दी खुलेको छ। गत माघ ०५ गते औरही गाउँपालिकाले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा पार्टी प्रबेश कार्यक्रम गराएपछी जनमत पार्टीले हिजो औरही गाउँपालिकामा तालाबन्दी गरेको थियो ।

औरही गाउँपालिका र जनमत पार्टी बिच आज भएको ०७ बुंदे सहमति पछि तालाबन्दी खुलेको छ। सरकारको तर्फबाट बलिदानी दिवसको दिन भएको कुनै पनि खर्च पालिकाबाट भुक्तानी नगर्ने , सरकारको कार्यक्रममा पार्टी प्रबेश गराएर त्रुटि भएको स्विकार्दै आइन्दा यस्ता त्रुटि नहुने लगायतका बुंदाहरुमा सहमति गरेपछी तालाबन्दी खुलेको जनमत पार्टीले जनाएको छ ।
औरही गाउँपालिकाले आज बिहानै जनमत पार्टीलाई सम्बोधन गर्दै वार्ताका लागि अहवान गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]