२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जानकी मन्दिरमा गर्‍यो सवा लाख दीप प्रज्वलन

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ ०८, २०८०

जनकपुरधाम । भारतको अयोध्यामा भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ ।

हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए ।

जनकपुरधामको घर घरमा दीपावली गरिएको छ । जनकपुरधाम भगवान श्रीरामको ससुराल हो ।अयोध्यामा भगवान श्रीरामको मन्दिर बनेपछि यहाँका मन्दिरका साधुसन्त, महन्त र नगरबासी उत्साहित छन् ।

जनकपुरधामसहित देशभर प्राण प्रतिष्ठाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिँदै छ । सिरहाको लहानमा ११ हजार १११ दीप प्रज्वलन गरिएको छ ।

वीरगञ्ज, सिरहा,गोलबजार, जलेश्वरलगायतका ठाउँमा पनि झाँकी प्रदर्शन, रथयात्रा, दीपोत्सवलगायतका कार्यक्रम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]