११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

मिचैयामा शैक्षिक क्रान्ति : निजी विद्यालयको वर्गीकरण, अब एकैखाले पुस्तक

दश प्रतिशतलाई छात्रवृत्ति
Logo
न्यूजमधेश प्रकाशित मंगलबार, माघ ०९, २०८०

सिरहा । मिर्चैया नगरपालिकाले निजी विद्यालयलाई जनमुखी बनाउन तीन महत्त्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले निजी विद्यालयको वर्गीकरण गर्ने, पाठ्यपुस्तकमा एकरुपता ल्याउने र हरेक निजी विद्यालयमा दश प्रतिशत विद्यार्थीको छात्रवृत्तिको सुनिश्चितता गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।

नगरपालिकामा सोमबार बसेको नगरप्रमुख श्रवणकुमार यादव, शिक्षा शाखाका प्रतिनिधि, शिक्षा विज्ञ र निजी विद्यालयका सञ्चालकहरुको बैठकबाट यस्तो निर्णय भएको नगरपालिकाले जनाएकोे छ । विद्यालयको वर्गीकरणका लागि गठित समितिले माघ मसान्तभित्रै नगरपालिकामा प्रतिवेदन बुझाउने छ ।

समितिले बुझाउने प्रतिवेदनका आधारमा विद्यालयको वर्गीकरण गरिने र वर्गका हिसावले शुल्क निर्धारण गरिने नगरपालिकाले जनाएको छ । यसले निजी विद्यालयहरुले शुल्कका विषयमा गर्दै आएको मनोमानीको अन्त्य गर्नेछ ।

यस्तै, नयाँ शैक्षिकसत्रदेखि निजी विद्यालयहरुमा नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले लागू गरे अनुसारकै पाठ्यक्रम र अन्य शैक्षिक सामग्रीहरु लागू गरिनेछ । यसले निजी विद्यालय र पब्लिकेशन बीचको सिन्डिकेटको अन्त्य गर्ने नगरपालिकाको विश्वास छ ।

यसैगरी, नगरपालिकाले नयाँ शैक्षिकसत्रदेखि शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०७१ मा उल्लेखित प्रावधान बमोजिम विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाका लागि अनिवार्य छात्रवृत्तिको प्रबन्ध पनि गर्दैछ ।

यसले निजी विद्यालयहरुले आफ्नो फाइदाका हिसाबले सीमित विद्यार्थीलाई मात्रै छात्रवृत्ति दिने प्रवृत्तिको अन्त्य हुनेछ भने नगरभित्रका हजारौं जेहनदार विद्यार्थी निःशुल्क पढ्न पाउनेछन् ।

नगरपालिकाले गरेको यो प्रयत्न कार्यान्वयनमा आएपछि नगरभित्रको शैक्षिक बेथिति अन्त्य हुने र शैक्षिक क्रान्तिको आभाष गराउने विश्वास नगरप्रमुख यादवले व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]