१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

मिचैयामा शैक्षिक क्रान्ति : निजी विद्यालयको वर्गीकरण, अब एकैखाले पुस्तक

दश प्रतिशतलाई छात्रवृत्ति
Logo
न्यूजमधेश प्रकाशित मंगलबार, माघ ०९, २०८०

सिरहा । मिर्चैया नगरपालिकाले निजी विद्यालयलाई जनमुखी बनाउन तीन महत्त्वपूर्ण निर्णय गरेको छ । नगरपालिकाले निजी विद्यालयको वर्गीकरण गर्ने, पाठ्यपुस्तकमा एकरुपता ल्याउने र हरेक निजी विद्यालयमा दश प्रतिशत विद्यार्थीको छात्रवृत्तिको सुनिश्चितता गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।

नगरपालिकामा सोमबार बसेको नगरप्रमुख श्रवणकुमार यादव, शिक्षा शाखाका प्रतिनिधि, शिक्षा विज्ञ र निजी विद्यालयका सञ्चालकहरुको बैठकबाट यस्तो निर्णय भएको नगरपालिकाले जनाएकोे छ । विद्यालयको वर्गीकरणका लागि गठित समितिले माघ मसान्तभित्रै नगरपालिकामा प्रतिवेदन बुझाउने छ ।

समितिले बुझाउने प्रतिवेदनका आधारमा विद्यालयको वर्गीकरण गरिने र वर्गका हिसावले शुल्क निर्धारण गरिने नगरपालिकाले जनाएको छ । यसले निजी विद्यालयहरुले शुल्कका विषयमा गर्दै आएको मनोमानीको अन्त्य गर्नेछ ।

यस्तै, नयाँ शैक्षिकसत्रदेखि निजी विद्यालयहरुमा नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले लागू गरे अनुसारकै पाठ्यक्रम र अन्य शैक्षिक सामग्रीहरु लागू गरिनेछ । यसले निजी विद्यालय र पब्लिकेशन बीचको सिन्डिकेटको अन्त्य गर्ने नगरपालिकाको विश्वास छ ।

यसैगरी, नगरपालिकाले नयाँ शैक्षिकसत्रदेखि शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०७१ मा उल्लेखित प्रावधान बमोजिम विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाका लागि अनिवार्य छात्रवृत्तिको प्रबन्ध पनि गर्दैछ ।

यसले निजी विद्यालयहरुले आफ्नो फाइदाका हिसाबले सीमित विद्यार्थीलाई मात्रै छात्रवृत्ति दिने प्रवृत्तिको अन्त्य हुनेछ भने नगरभित्रका हजारौं जेहनदार विद्यार्थी निःशुल्क पढ्न पाउनेछन् ।

नगरपालिकाले गरेको यो प्रयत्न कार्यान्वयनमा आएपछि नगरभित्रको शैक्षिक बेथिति अन्त्य हुने र शैक्षिक क्रान्तिको आभाष गराउने विश्वास नगरप्रमुख यादवले व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]