२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

वडाध्यक्षका भाइले लिएको ऋणकाे तमसुक दर्ता नगरेको भन्दै साहूले लगाए ताला

Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ १०, २०८०

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे ।

लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको मात्र समय दिएको छ ‌। तर,अध्यक्ष यादवले तमसुक दर्ता नगरेपछि वडा कार्यालयमा तालाबन्दी गरेको साहु नविन यादवले बताए ।

वडाध्यक्षका भाइ जगदीश यादवले स्थानीय दर्जनौं साहूबाट ऋण लिएका छन् । त्यसैले वडाध्यक्ष यादव आफ्नो भाइविरुद्धको तमसुक दर्ता गर्न नमानेको साहुहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]