२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

वडाध्यक्षका भाइले लिएको ऋणकाे तमसुक दर्ता नगरेको भन्दै साहूले लगाए ताला

Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ १०, २०८०

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे ।

लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको मात्र समय दिएको छ ‌। तर,अध्यक्ष यादवले तमसुक दर्ता नगरेपछि वडा कार्यालयमा तालाबन्दी गरेको साहु नविन यादवले बताए ।

वडाध्यक्षका भाइ जगदीश यादवले स्थानीय दर्जनौं साहूबाट ऋण लिएका छन् । त्यसैले वडाध्यक्ष यादव आफ्नो भाइविरुद्धको तमसुक दर्ता गर्न नमानेको साहुहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]