११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

राति भएको वर्षाले मधेशका किसानलाई राहत

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

मनोज बनैता,सिरहा । लामो समयदेखिको खडेरीका कारण धान खेतमा चिरा परेर तनाब झेल्दै आएका सिरहालगायत पुर्वी मधेसका किसान गएराति वर्षा भएपछि हर्षित भएका छन ।

राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खुसी भएका सिरहा र सप्तरीका किसान ढिलै भएपनि आज बिहानैदेखि मल खाद छर्न जुटेका छन् ।

सिरहा र सप्तरीका अधिकान्स खेतीयोग्य जग्गामा सिचाईको अभाव रहेको छ । आकाशे पानीमा निर्भर रहेका यी किसान समयमा वर्षा नहुदा डिहवार बाबा र गोसाइँ बाबालाई पुज्ने गर्छन ।

सिंचाइ सुविधामै खटिने कर्मचारीका लागि मासिक २५ लाख ३५ हजार रुपैयाँ खर्चिंदै आए पनि सुविधा भने किसानले पाउन नसकेको सरोकारवालाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]