काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरेर नेपाल ल्याइएको छ।
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई पक्राउ गरी नेपाल प्रहरीले ल्याएको हो।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन बिहीबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ।