२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

‘बेटी बचाऊ‚ बेटी पढाऊ’मा भ्रष्टाचार : तत्कालीन प्रदेशसचिव र सिडिई दोषी

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ११, २०८०

काठमाडौं । मधेश प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भ्रष्टाचार काण्डमा तत्कालीन प्रदेशसचिव यामप्रसाद भुसाल र सिडिई भगवान झा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनीहरुलाई १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर गर्दै ३/३ महिना कैद सजाय सुनाएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरुलाई जनही १० हजार रुपैयाँ जरिबानासमेत गरेको छ।

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अन्य ८ जनाले भने सफाइ पाएको उपरजिष्ट्रार कार्कीले बताए।

कार्यक्रम अन्तर्गत कम्पनी नखुलाई साइकल किनेर ३ महिनादेखि गोदाममा राखेको र अनियमितता भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गरी १० जनालाई प्रतिवादी बनाउँदै अख्तियारले गत वर्ष साउन १८ गते मुद्दा दायर गरेको थियो।

सहलेखापाल राजाराम मण्डल,जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो र भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलीपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णसहितले सफाइ पाएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]