१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

मिर्चैयामा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १२, २०८०

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ ।

अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो ।

आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । उपचारको क्रममा उनको बिहिवार दिउँसो मृत्यु भयो । उनको मृत्यु मिर्चैया अस्पतालकै लापरबाहीले भएको आफन्तको आरोप छ ।

अल्कालाई ब्यथा सुरुपछि बुधबार साँझ मिर्चैया अस्पताल लगिएको थियो । मृतक अल्काका पति इन्द्रजित साहले भने, ‘अत्यधिक रक्तस्राव भइरहेको जानकारी गराउँदा पनि चिकित्सकले केयर गरेन । ढिलोगरी बाहिर लग्न भन्यो । त्यसैले घटना घट्यो । मिर्चैया अस्पतालका चिकित्सकले चरम लापरवाही गरेका छन् ।’

मृतक अल्काका आफन्त र गाउँलेले अस्पताल आगाडि प्रदर्शन गर्दै क्षतिपूर्ति र लापरबाही गरेका चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेको थियो ‌। प्रदर्शनपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच प्रहरीको रोहबरमा छलफल समेत भयो । तर अस्पताल प्रशासनले चिकित्सकले लापरबाही नगरेको दावी गरेपछि कुनै सहमति भएन ।

मृतक अल्काका गाउँले अन्जय साह भन्छन्, ‘रक्तस्राव नरोकिएपछि समयमै बाहिर पठाउनु पर्थ्यो ‌। यो त लापरवाही भयो नै । उपचार पनि डाक्टरको सट्टा कमपाउण्डरले गरेका थिए । तर अस्पताल प्रशासनले गल्ती मान्न तयार छैन ।’मृतक परिवारलाई अस्पतालले क्षतिपूर्ति दिनुपर्ने उनको भनाई छ ।

अस्पतालकी डा. सरिका गोइत भन्छिन्, ‘अल्काको नोर्मल डेलेभरी भयो । बच्चा ठिक छ । डेलेभरी भएपछि केहिबेर रक्तस्राव हुन्छ र रोकिन्छ । उहाँको रक्तस्राव रोकिएन । यस्तो अबस्थामा आइसियूमा राख्नुपर्छ । तर यहाँ आइसियू छैन । त्यसैले बाहिर लग्न सुझाव दिएका थियौं ।’

‘विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा अल्काको मृत्यु भएको उनको आफन्तबाटै थाहा पाए,’ डा. गोइतले भनिन्, ‘विराटनगर लग्ने क्रममा बोदेबर्साइनमा रोकिएको थियो । त्यहांको पनि कुनै क्लिनिकमा देखाएको रहेछ । त्यहाँ के गर्यो?गरेन थाहा भएन ।’

उनका अनुसार डेलेभरी भएपछि केहिलाई प्राइमरी पिपिएस (पीपीएस) (पाठेघर खुमच्याउन नसक्ने) समस्या हुन्छ ‌। यही समस्याका कारण अल्काको मृत्यु भएको हुनसक्छ । उपचारमा चिकित्सकको लापरवाही छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]