१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

मिर्चैयामा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १२, २०८०

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ ।

अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो ।

आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । उपचारको क्रममा उनको बिहिवार दिउँसो मृत्यु भयो । उनको मृत्यु मिर्चैया अस्पतालकै लापरबाहीले भएको आफन्तको आरोप छ ।

अल्कालाई ब्यथा सुरुपछि बुधबार साँझ मिर्चैया अस्पताल लगिएको थियो । मृतक अल्काका पति इन्द्रजित साहले भने, ‘अत्यधिक रक्तस्राव भइरहेको जानकारी गराउँदा पनि चिकित्सकले केयर गरेन । ढिलोगरी बाहिर लग्न भन्यो । त्यसैले घटना घट्यो । मिर्चैया अस्पतालका चिकित्सकले चरम लापरवाही गरेका छन् ।’

मृतक अल्काका आफन्त र गाउँलेले अस्पताल आगाडि प्रदर्शन गर्दै क्षतिपूर्ति र लापरबाही गरेका चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेको थियो ‌। प्रदर्शनपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच प्रहरीको रोहबरमा छलफल समेत भयो । तर अस्पताल प्रशासनले चिकित्सकले लापरबाही नगरेको दावी गरेपछि कुनै सहमति भएन ।

मृतक अल्काका गाउँले अन्जय साह भन्छन्, ‘रक्तस्राव नरोकिएपछि समयमै बाहिर पठाउनु पर्थ्यो ‌। यो त लापरवाही भयो नै । उपचार पनि डाक्टरको सट्टा कमपाउण्डरले गरेका थिए । तर अस्पताल प्रशासनले गल्ती मान्न तयार छैन ।’मृतक परिवारलाई अस्पतालले क्षतिपूर्ति दिनुपर्ने उनको भनाई छ ।

अस्पतालकी डा. सरिका गोइत भन्छिन्, ‘अल्काको नोर्मल डेलेभरी भयो । बच्चा ठिक छ । डेलेभरी भएपछि केहिबेर रक्तस्राव हुन्छ र रोकिन्छ । उहाँको रक्तस्राव रोकिएन । यस्तो अबस्थामा आइसियूमा राख्नुपर्छ । तर यहाँ आइसियू छैन । त्यसैले बाहिर लग्न सुझाव दिएका थियौं ।’

‘विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा अल्काको मृत्यु भएको उनको आफन्तबाटै थाहा पाए,’ डा. गोइतले भनिन्, ‘विराटनगर लग्ने क्रममा बोदेबर्साइनमा रोकिएको थियो । त्यहांको पनि कुनै क्लिनिकमा देखाएको रहेछ । त्यहाँ के गर्यो?गरेन थाहा भएन ।’

उनका अनुसार डेलेभरी भएपछि केहिलाई प्राइमरी पिपिएस (पीपीएस) (पाठेघर खुमच्याउन नसक्ने) समस्या हुन्छ ‌। यही समस्याका कारण अल्काको मृत्यु भएको हुनसक्छ । उपचारमा चिकित्सकको लापरवाही छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]