०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सर्लाहीमा १६ वर्षीया किशोरी मृत भेटिइन्

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १२, २०८०

जनकपुरधाम । सर्लाहीको लालबन्दीमा कक्षा १२ मा पढ्दै गरेकी १६ वर्षीया एक किशोरीको शव फेला परेको छ।

लालबन्दी- १६ परवानीपुर निवासी ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको आशंका गरिएको छ।

‘उनी आफ्नै कोठामा सलको पासोमा झुन्डिएको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिवोल केसीले भने, ‘शव अहिले हाम्रो कार्यालयमा ल्याइएको छ। अब पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउँछौँ।’

प्रहरीका अनुसार किशोरीकी आमाले छोरीलाई पासोमा देखेपछि त्यसलाई खोलेकी थिइन्। ‘त्यसपछि हामीलाई खबर भएको हो,’ केसीले भने, ‘हामीले घटनाको थप अनुसन्धान सुरु गरेका छौँ।’

अन्जली लालबन्दीस्थित जनज्योती माविकी विद्यार्थी हुन्। उनले कक्षा १२ मा पढ्दै आएकी थिइन्। उनले आत्महत्या गर्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]