०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

धनुषा जिल्ला खुलादिसा मुक्त घोषणा

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

शम्भु पण्डित , जनकपुरधाम । धनुषा जिल्ला सोमबार खुलादिसा मुक्त घोषणा भएको छ।

नेपालमा सरसफाई तथा स्वच्छतालाई विशेष महत्वका साथ छुट्टै गुरुयोजना निर्माण गरेर सन २०६८ देखि लागू भई २०१७ सम्म राष्ट्रलाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ अभियान बढाएमा आज धनुषा जिल्ला ७१ औँ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा भएको छ।

आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको जिल्ला समन्वय समितीको प्राङ्गनमा धनुषालाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा यस जिल्ला लाई घोषणा गरेका छन्।धनुषा जिल्लामा १ लाख ४० हजार ४५३ वटा घरधुरी रहेकोमा अहिले सबै घरधुरीमा शौचालयको पहुँच रहेको खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति धनुषाको तथ्यांक रहेको छ। धनुषा जिल्लामा १८ वटा स्थानिय तह रहेकोमा धनुषा जिल्लामा १८ वटा स्थानिय तह रहेकोमा सबै स्थानिय तहमा शौचालय रहेको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, धनुषाका सदस्य सचिव चन्देश्वर प्रसादले बताए।

धनुषा जिल्लामा एउटा उपमहानगरपालिका, १३ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको छ। अभियानलाई सञ्चालन गर्दा त्यस समय धनुषा जिल्लामा करिब १८ प्रतिशत घरधुरीमा मात्र शौचालयको अवस्था थियो भने अहिले धनुषाको सबै घरधुरीमा शौचालय रहेको साहले दावा गरे।

घरधुरीमा शौचालय भएपनि पहिला देखि लागेको बानी व्यहोरामा सुधार लाग्न केहि समय लाग्ने यू एन ह्याबिट्याटका जिल्ला संयोजक गोविन्द सुवेदीले बताए। उनले भने, ‘यस क्षेत्रको करिब ९८ प्रतिशत क्षेत्रमा शौचालयको निर्माण भईसकेको छ र विभिन्न कारणबस जुन क्षेत्रमा बाँकी छ त्यसमा पनि चाँडै भई हाल्छ।’

यस जिल्लामा ७ लाख ५४ हजार ७ सय ७७ जना जनसंख्याको बसोबास रहेको छ।नेपाल खुल्ला दिशामुक्त क्षेत्र भएपछि दक्षिण एसियामा पहिलो खुल्ला दिशामुक्त क्षेत्रको रुपमा हुन्छ।देशलाई नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएकोमा यस क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउनमा नेपाल सरकारका खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्रालय, स्थानिय विकास तथा संघिय मामिला मन्त्रालय, स्थानिय सरकारत्र िलगायत क्षेत्रीय कार्यालय तथा विभिन्नढ निकायहरुको सहयोगमा यस जिल्लालाई खुल्ला दिशामूक्त क्षेत्रको रुपम घोषणा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]