१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

धनुषा जिल्ला खुलादिसा मुक्त घोषणा

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

शम्भु पण्डित , जनकपुरधाम । धनुषा जिल्ला सोमबार खुलादिसा मुक्त घोषणा भएको छ।

नेपालमा सरसफाई तथा स्वच्छतालाई विशेष महत्वका साथ छुट्टै गुरुयोजना निर्माण गरेर सन २०६८ देखि लागू भई २०१७ सम्म राष्ट्रलाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ अभियान बढाएमा आज धनुषा जिल्ला ७१ औँ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा भएको छ।

आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको जिल्ला समन्वय समितीको प्राङ्गनमा धनुषालाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा यस जिल्ला लाई घोषणा गरेका छन्।धनुषा जिल्लामा १ लाख ४० हजार ४५३ वटा घरधुरी रहेकोमा अहिले सबै घरधुरीमा शौचालयको पहुँच रहेको खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति धनुषाको तथ्यांक रहेको छ। धनुषा जिल्लामा १८ वटा स्थानिय तह रहेकोमा धनुषा जिल्लामा १८ वटा स्थानिय तह रहेकोमा सबै स्थानिय तहमा शौचालय रहेको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, धनुषाका सदस्य सचिव चन्देश्वर प्रसादले बताए।

धनुषा जिल्लामा एउटा उपमहानगरपालिका, १३ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको छ। अभियानलाई सञ्चालन गर्दा त्यस समय धनुषा जिल्लामा करिब १८ प्रतिशत घरधुरीमा मात्र शौचालयको अवस्था थियो भने अहिले धनुषाको सबै घरधुरीमा शौचालय रहेको साहले दावा गरे।

घरधुरीमा शौचालय भएपनि पहिला देखि लागेको बानी व्यहोरामा सुधार लाग्न केहि समय लाग्ने यू एन ह्याबिट्याटका जिल्ला संयोजक गोविन्द सुवेदीले बताए। उनले भने, ‘यस क्षेत्रको करिब ९८ प्रतिशत क्षेत्रमा शौचालयको निर्माण भईसकेको छ र विभिन्न कारणबस जुन क्षेत्रमा बाँकी छ त्यसमा पनि चाँडै भई हाल्छ।’

यस जिल्लामा ७ लाख ५४ हजार ७ सय ७७ जना जनसंख्याको बसोबास रहेको छ।नेपाल खुल्ला दिशामुक्त क्षेत्र भएपछि दक्षिण एसियामा पहिलो खुल्ला दिशामुक्त क्षेत्रको रुपमा हुन्छ।देशलाई नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएकोमा यस क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउनमा नेपाल सरकारका खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्रालय, स्थानिय विकास तथा संघिय मामिला मन्त्रालय, स्थानिय सरकारत्र िलगायत क्षेत्रीय कार्यालय तथा विभिन्नढ निकायहरुको सहयोगमा यस जिल्लालाई खुल्ला दिशामूक्त क्षेत्रको रुपम घोषणा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]