२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सभामुख क्रिकेट कप ः ६ विकेटले जित्दै धनुषा फाइनलमा

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ १८, २०८०

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो ।

सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा छैठौं दिन दोस्रो सेमिफाइनल खेल भएको थियो । टस जितेर बारा क्रिकेट टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । बाराल ३६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ४० रनको लक्ष्य धनुषा समक्ष प्रस्तुत गरेका थिए ।

बाराका लागि ओपनर तृतराज दासले राम्रो सुरुवात गरेपनि अर्को ओपनर अनिल साह एक रनमै आउट भएका थिए । दासले पाँच चौका र दुई छक्काको मद्दतले ६० बलमा ४४ रनको योगदान दिए । बाराकै निखिल सिंह ५७ बलमा ३३ रन र शाहिल पटेल ३४ बलमा २६ रन बनाए । यस टिमका अन्य ब्याटस म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

धनुषाका लागि बलिङ गरेका विक्रान्त यादवले सात ओभर तीन बलमा २२ रन खर्चेर चार विकेट लिएका थिए । उतकृष्ट बलिङ गरेका विक्रान्त एक मेडन ओभरसमेत फालेका थिए । उनीसहित टिमको कसिलो बलिङले बारालाई ‘लो’ स्कोरमा रोक्न सफल भएका थिए । यस्तै, धनुषाकै लागि बलिङ गरेका कप्तान विशाल सुशलिङले दुई, रुपेश यादवले एक, अभिजित मण्डलले एक, अखिलेश ठाकुर र साइमोन रोयलेसमेत एक÷एक विकेट लिए ।

जवाफ ब्याटिङमा धनुषाका खेलाडीहरु ३७ ओभर ३ बलमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । धनुषाका ओपनर अलिअकबर अन्सारीले ६३ रनको पारी खेले । उनले एक सय ९ बलमा चार चौका र एक छक्का प्रहार गरे । उनलाई साथ दिइरहेका पशुराम यादवलेसमेत ६३ बलमा ४९ रनको पारी योगदान दिए । यी दुबै ब्याट्स म्यानको राम्रो सुरुवातमा धनुषा सहजै जित हासिल गरेका थिए ।

बाराका लागि बलिङ गरेका विकास पटेलले तीन र पवन सराफले एक विकेट लिए । तीन÷तीन वटा सिनियर खेलाडी रहेका बाराको कमजोर प्रर्दशन देखिएको थियो । बाराका नामी अनिल साह, अरनिको यादव र पवन सराफ ठोस प्रर्दशन गर्न सकेनन् । यस खेलको म्यान अफ दी म्याच धनुषाका विक्रान्त यादव घोषित भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]