०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

सर्लाहीमा घुमुवा प्रहरीको असुली धन्दा, प्रहरी प्रमुखको निर्देशन विपरित तस्करी

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १९, २०८०

सर्लाही । सर्लाही जिल्ला स्थित विभिन्न नाका अहिले तस्करीको अखडा बनेको छ । घुमुवा प्रहरी रकम असुलीमा लागेपछि र्सलाहीको नाका तस्करहरुको अखडा बनेको हो ।
र्सलाहीको त्रिभुवननगर नाका सहित विभिन्न नाकाबाट प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले तस्करी रोक्न कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको छैन ।

तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट ब्यापक तस्करी भएको हो । सर्लाही जिल्ला स्थित पर्सा, त्रिभुवननगर, मलङ्ग्वा, भाँडसर खुटौना, फेन्हारा, बहादुरपुर, मधुवन गाउँ, सग्रामपुर, नारायणपुर र बलरा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुन थालेको छ । र्सलाहीमा तस्करीको लाइन प्रहरी वरिष्ठ सई अरुण प्रसाद यादव र प्रहरी सहायक हवल्दार राम अयोधी यादवले दिएका हुन । यी व्यापारीलाई तस्करी गराउन लाइन दिए बापत र्सलाहीका प्रहरी प्रमुख सहित नामबाट मासिक अवस्था हेरेर २ देखि ४ लाखसम्म लिने गरेको व्यापारीहरू बताउँछन् ।

बलरा नाकाबाट विजय यादवले प्रहरीद्धय यादवलाई मासिक दुई लाख, संग्रामपुर नाकाबाट उमेश तीन दाजुभाई मासिक दुई लाख, राजदेवी मन्दिर हुँदै मंलगवा, गम्हरियाको तस्करी लाईनमा विजय यादव, ईन्दल यादवले मासिक एक लाख ५० हजार, त्यसै नाकाबाट रामविश्वास यादव, प्रकाश यादवले एक लाख ५० हजार, गोरखकालि नाकाबाट ईलेक्ट्रोनिकको मालसमान ल्याउने जयकिशोर यादव मासिक ८० हजार, पर्साबाट कपडा तस्करी गर्ने विजय पुकार मासिक ८० हजार, नेपालबाट भारत चाईनिज मालसमान पुर्याउने तस्कर भाईलोकबाट मासिक ८० हजार, मनोज यादव (बलरा नाका) बाट ८० हजार मासिक रुपमा घुमुवा प्रहरी यादवद्धयले असुली गर्दै आएको व्यापारीहरु बताउँछन् ।

भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा छड, कपडा, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद्य, धान, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा किराना लगायतका सामग्रीहरु रहेका छन् । तस्करहरुले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु चोरी निकासी गर्दै आएका छन् । तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।

त्रिभुवननगर नाकाबाट तस्करीको लाइन पाउने तस्करहरूमा माधव यादव कपडा , हुसेनी कपडा , ईन्दल यादव कपडा , बिजय चौधरी कपडा , मरिच , केराउ , बिजय साह कपडा , सुखा , बिरेन्द्र साह हार्डवेयर , सुबोध हार्डवेयर , भगत जि कपडा , रिता साह सबै थोक , सरिता चौधरी सबै थोक , राजा किराना प्रगास यादव हिरिया जिरिया किराना , बिरेन्द्र साह कवाड , राकेस साह कवाड , अशोक गुप्ता कवाड, उमेश पटेल पैठारी , बिजय साह किराना पिक्पमा सन्तोष साह उर्फ सन्तोष डिलर किराना पिक्पमा छन् ।

यसबाहेक सखुवहाबाट समेत तस्करी भैरहेको छ । ती तस्करीको सामानहरू लालवन्दी सम्म पुग्ने गर्दछ । दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा, सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भैरहेको छ ।

त्रिभुवननगर नाकाबाट उमेश राउत केराउ र छोकडाको तस्करी गरिरहेका छन् । मनिष चौधरी, प्रकाश यादव , राजेश कुशवाह समेतले तस्करीको लाइन पाएका छन् ।

प्रहरीलाई नै बदनाम गर्ने गरी यी घुमुवा प्रहरी रकम असुलीमा लाग्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।

र्सलाहीका प्रहरी प्रमुखको निर्देशन विपरित घुमुवाहरुले सेटिङ मिलाएर असुली धन्दालाई जारी राखेको प्रत्यक्षदर्शी बताउँछन् ।

एसपीले तस्कर र तस्करीको जालो पत्ता लगाउन घुमुवा परिचालन गरेको भए पनि ति घुमुवाहरु जिल्ला प्रहरी कार्यालय र्सलाहीमा कार्यरत एक प्रहरी निरिक्षकको सेटिंगमा तस्करसँंग मिलेर असुली धन्दा मच्चाइरहेका छन् ।

घुमुवाले सेटिङ मिलेका अवैध सामानहरु आफैले स्कटिङ गरेर भित्रियाउने तथा सीमा पार गराउने गरेको स्रोत बताउँछ ।

रक्सी भठ्ठीबाट समेत घुमुवा प्रहरीको असुली

र्सलाहीको भारसरमा रक्सी भठ्ठी संचालन बापत समेत घुमुवा प्रहरी यादवद्धय असुली गर्दै आएको छ ।

घरेलु रक्सी भठ्ठीबाट मदिरा उत्पादन गर्दै आएका रामबाबु पासवान, मनोज पासवान, विरेन्द्र पासवान, सतो पासवान, राकेश पासवान, रजन राय, शिवजी सहनी, रोहित कलवार, श्रीकान्त कलवारले सगोलमै मासिक ६० हजार प्रहरीले लिने गरेको उनीहरु बताउँछन् ।

कौडेनाका रामबाबु चौधरी, लुटन मुखिया, रितेश मुखिया, राजु चौधरी, विरेन्द्र चौधरी, शिव शंकर चौधरीबाट पनि घरेलु मदिरा भठ्ठी संचालनबात घुमुवा प्रहरीले मासिक रुपमा पैसा लिने गरेका छन् । घुमुवा प्रहरीले घरेलु मदिरा भठ्ठी संचालकबाट पैसा लिने गरेको स्थानीयहरु बताउँछ् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]