०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

मुख्यमन्त्री र अर्थ मन्त्री भ्रष्टाचार र कमिसनको खेलमा लिप्त छ : नेता यादव

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १९, २०८०

राजविराज । जनता समाजवादी (जसपा) नेतृत्वको मधेश सरकार भ्रष्टाचार र कमिसनको खेलमा लिप्त रहेकाले आफ्नो पार्टी सरकारबाट बाहिरिएको जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीबाट सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश यादवले बिहीबार नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादव र अर्थ मन्त्री संजय यादव भ्रष्टाचार र कमिसनको खेलमा लिप्त रहेकाले सरकार छाडेको बताए ।

जनमत पार्टीको संसदीय दलका नेता समेत रहेका यादवले आफूले पाएको मन्त्रालयबाट कुनै किसिमको भ्रष्टाचार र कमसनको खेल हुन नदिने अडान राखेपछि मन्त्रालयको कुनै पनि फायल अगाडि बढ्न नदिने मुख्यमन्त्री र अर्थ मन्त्रीको मनसाय देखिएको बताए । ‘योजना शुरु हुनुभन्दा अगाडि नै कमिसनको माग आउँथ्यो’ उनले भने, ‘एउटा योजनाको ३ प्रतिशत कमिसन माग्ने काम पहिला नै हुन्थ्यो ।’
आफूले पाएको मन्त्रालय मातहतको कार्यक्रम मलाई जानकारी नै नदिई गर्ने निर्णय मुख्यमन्त्रीले गरेको उनको भनाई छ ।

‘जसका कारण कतिपटक मुटभेड हुन सक्ने सम्भावना पनि देखियो । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको उदाहरण देखाउँदै उनले भने, ‘शिलान्यास कार्यक्रम मेरो मन्त्रालयबाट हुनुपर्नेमा मुख्यमन्त्री आफ्नो पार्टीको कार्यक्रम बनाएर एउटा पार्टी अध्यक्षबाट गराए । जुन अति लज्जास्पद घट्ना हो ।’

मधेश कृषि विश्वविद्यालयको बिषयमा थप बोल्दै उनले भने, ‘यो विश्व्विद्यालय यसअघि करोडौंको हिनामिनाका कारण कुनै कामकाज अघि बढ्न सकेको थिएन् ।

अख्तियारमा मुद्दा चलिरहेको अवस्थामा सबै फायललाई अघि बढाएर पठन–पाठनदेखि बजेट समेत विनियोजन गराएँ । तर, एउटा मन्त्रीको हैसियतलाई समेत ख्याल नगरी मेरै निर्वाचित क्षेत्रमा दंगा गराउने सुनियोजित घट्ना मुख्यमन्त्री र जसपा अध्यक्षबाट गरियो ।’

उनले आफूले सबैको सम्मान हुने गरी गरेको बजेट विनियोजनमध्ये ६० प्रतिशत काटेर अर्थमन्त्रीले आफ्नो क्षेत्रमा लगेको बताए ।

आफू लगभग एक बर्षदेखि प्रदेश सरकारमा रहँदा मधेशलाई नै साक्षर बनाउने योजना अघि सारेपनि त्यसको पनि बजेट कटौति गरिदिएको उनले बताए । सरकारमा रहँदा सीमान्तकृत समुदायको लागि विशेष नीति बनाएको, प्रादेशिक शिक्षा ऐन तयार गर्न लागेको, व्यवबहारिक, संस्कारिक र मातृभाषाको शिक्षामा जोड् दिएको, दातृ निकाय संस्थाहरुलाई रेकर्डका लागि मन्त्रालयमा दर्ता गरिने कामको शुरुवात गरेको, बालविवाहमुक्त १० बर्षे योृजना सार्वजनिक गरेको, खेलकुद विधेयक तयार गरी संसदमा पेश गरेको, आइटीपार्क हब, ऐतिहासिक संग्राहलय, इ लाब्रब्रेरी, अष्टाबक्र सेन्टर र मिटी पार्कका लागि विस्तृत अध्ययन गरी कामलाई अगाडि बढाएको उनले जानकारी दिए ।

तर मुख्यमन्त्री र अर्थमन्त्रीले मनमानी गर्दै काम गर्ने वातावरण नै नदिएको उनले बताए ।

शहीद परिवारको नामै सुनेनन्

पत्रकार सम्मेलनमा सहभागी भएका प्रदेश सभा सदस्य सतिश सिंहले जसपाकै कारण मधेश कृषि विश्वविद्यालयमा झड्पको स्थिति सृजना भएको बताए । उनले पार्टीको लोगो लगाएका आफ्ना कार्यकर्तालाई मात्र कार्यक्रमस्थलमा जान लगाएको र अन्यलाई जान नदिएको बताए ।

सबैको सहमति र उपस्थितिमा शिलान्यास गर्नुपर्नेमा नगरेको उनले बताए । ‘मुख्यमन्त्रीले शिलान्यास नगरे कुनै शहीद परिवार नभै ७ बिगाहा जग्गादाताका १०८ बर्षे बुवाको हातबाट शिलान्यास गर्न हामीले भन्यौं’ शिलान्यास कार्यक्रमको बिहान भएको सहमतिबारे जानकारी गराउँदै उनले भने, ‘तर उहाँहरुको अडान पार्टी अध्यक्षले नै गर्ने रह्यो । सरकारी कार्यक्रमको शिलान्यास कुनै पार्टी अध्यक्ष या नेताले गर्न पाउँछन् ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]