०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मधेस प्रदेशमा नक्कली नेपाली नोटसहित २ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १९, २०८०

जनकपुरधाम।मधेस प्रदेशको सर्लाही जिल्लाको हरिवनबाट नक्कली नेपाली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्।

हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो सर्लाही प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र।०२९०२७ प ४२५६ नम्बर र बिआर ३० एसी८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात प्रहरीले नियन्त्रणमा लिएको थियो। सन्जयको साथबाट उक्त परिमाणको नक्कली नोट र अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]