११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

जनमत पार्टीको सचिवालय बैठक बस्दै

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २१, २०८०

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आज सचिवालय बैठक बस्दैछ। समसामयिक बिषयमा छलफल गर्नको लागि अध्यक्ष डा. सिके राउतले पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाएको प्रवक्ता डा. शरद यादवले बताए।

उनका अनुसार बैठकमा संगठन, हुँदै गरेको वडा अधिवेशन, मधेश सरकारबाट बाहिरिएपछि आवस्था, उपनिर्वाचन लगाएको बिषयमा छलफल हुनेछ।

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै जनमतले मधेश सरकारबाट बाहिरिसकेको छ। संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायमै भएपनि सरकारप्रति सन्तुष्ट छैन।

मधेश सरकारबाट बाहिरिएपछि जनमतले गठबन्धनमा भएको आलोपालो सहमति अनुसार मुख्यमन्त्रीको दाबी गर्ने तयारी गरेको छ। मधेशको मुख्यमन्त्री नपाए संघ सरकारबाट बाहिरिनेसम्मको तयारी छ। यद्यपी, गठबन्धनका शीर्ष घटकबीच जनमतलाई सरकारबाट हटाउने सहमति बनिसकेको छ।

तर, आजको बैठकले प्रचण्ड सरकारबारे निर्णय नगर्ने प्रवक्ता यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]