२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

संसदमै अनसन बस्ने सांसद अब्दुल खानको चेतावनी

Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ २४, २०८०

काठमाडौं । जनमत पार्टीको संसदीय दलका उपनेतामा अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन्।

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै सासंद खानले यस्तो चेतावनी दिएका हुन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे ।

सांसद खानले भने,‘बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल निर्माणको निम्ति पूर्वमन्त्री माननीय ज्युले पटक/पटक आवाज उठाउँदा र अनसनस समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन्।’

यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतम यो पुल निर्माणको माग गर्दै अनसन बसेका थिए ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले समेत नारायणघाट बुटवल पदयात्रा गरेर सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै जनमत पार्टीका सांसद खानले गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]