११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष भ्रष्टाचारी ठहर

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ २६, २०८०

काठमाडौं । घूससहित रंगेहात पक्राउ परेका रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ३ महिना कैद सजाय तोकेको छ। उनीबाट ५० हजार रूपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना भराउने फैसला भएको छ।

यही मुद्दामा वडाध्यक्ष यादव र बिचौलिया विनोद भरलाई मतियार ठहर गरी डेढ महिना कैद २५ हजार रूपैयाँ जरिवाना हुने सजाय तोकिएको छ।

उनीहरू तीनै जना २०७९ चैतमा ५० हजार रूपैयाँ घूससहित गाउँपालिका कार्यालयको चमेना गृहबाट रंगेहात पक्राउ परेका थिए।

उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]