१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जलेश्वरबाट लागु औषधसहित एक युवक पक्राउ

Logo
न्यूजमधेश प्रकाशित शनिबार, माघ २७, २०८०

बिपिन यादव
जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरास्थितबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सीतामढी, श्रीखण्डी भिठा थाना सुरसन्ड बस्ने ४५ वर्षीय विनयकुमार मुखिया छन् । अस्थायी प्रहरी पोस्ट जलेश्वरका प्रहरी वरिष्ठ नायव निरीक्षक जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले जाँच गर्दा उनलाई पक्राउ गरेको हो ।

उनका साथबाट लागुऔषध नाइट्रोभेट एक हजार पाँच सय पिस बरामद भएको छ ।

बिआर ०६ सिए ३५०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा रोकेर जाँच गर्दा लागुऔषध बरामद भएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै बिआर ३० एल २११६ मा सवार एक अर्का व्यक्ति भने मोटरसाईकल छाडी फरार भएका छन् ।

पक्राउ परेका मुखिया र नियन्त्रणमा लिइएका दुवै मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]