१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

दुर्घटना न्यूनीकरण गर्न पुलमा लाग्यो सुरक्षा पर्खाल

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २८, २०८०

विपिन यादव
जनकपुरधाम । इलाका प्रहरी कार्यालय (इप्रका) यदुकुहाको पहलमा दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको छ । रातिका बेला भिजिबिलिटी कम हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको हो ।

इलाका प्रहरी कार्यालय यदुकुहाका निरीक्षक चन्द्रकिशोर साहले यदुकुहा–कमला सडकमा रहेको पुलबाट सवारीसाधर्न र ससाना बालबालिकाहरू झर्ने अत्यधिक जोखिम हुँदा सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहासँग समन्वय गरी इप्रका नजिकको पुलमा सुरक्षा पर्खाल लगाइएको जानकारी दिए ।

सुरक्षा पर्खाल लगाइएको पुल कमला सिँचाइको पश्चिम नहरप्रणाली सुचारु हुने एउटा संरचना हो । पुलमा सुरक्षा पर्खाल लगाइएपछि यात्रा सहज तथा जोखिमरहित हुने विश्वास गरिएको छ ।

सडक दुर्घटना न्यूनीकरण गर्न यदुकुहा प्रहरीले नियमित कामसँगै साइकल, ठेलागाडी, ट्रिपर, लामो तथा छोटो दुरीका सवारीसाधनमा समेत रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने योजना अघि बढाएको निरीक्षक साहले बताए ।

इप्रका यदुकुहाले आफू बचौँ र अरूलाई बचाउँ भन्ने अभियानअन्तर्गत मोटरसाइकल चालकलाई समेत सवारी चलाउँदा ध्यानदिनु पर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी आवश्यक तथा महत्वपूर्ण जानकारी फिल्डमै दिँदै आएको छ ।

जाडोयाममा हुस्सुकुहिरो लागेका बेला सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा सन्देश साझा गर्नुका साथै बढी दुर्घटना हुने क्षेत्रमा डिभाइडर राखेर आवगमनलाई सहज बनाइएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई गाडी चलाउँदा सिटबेल्ट र हेलमेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नशाजन्य चिजवस्तु सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन आदि एक मिनेट सचेतनामूलक सन्देश दिने काम भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

बढी दुर्घटना हुने स्थान पहिचान गरी न्यूनीकरणका उपाय, सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदा यदुकुहा क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]