२८ आषाढ २०८१, शुक्रबार
12-07-2024 , Fri
×

मधेस प्रदेश: कटुवा पेस्तोलसहित १ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २८, २०८०

सिरहा। कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही गाउँपालिका – ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका ७ बाट पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।उनको उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका – ३ का २२ वर्षीय संजितकुमार यादवसँग विवाद भएको थियो ।​​

उनीहरूबीचको विवादको खबरसँगै वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सरोजलाई पक्राउ गरेको हो । पछि तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल बरामद भएको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् । “जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान […]

जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ । बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे । सभामुख रामचन्द्र मण्डलले यो […]

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा शरदसिंह यादवले बताए । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची रहेको हो। जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद रहेको छ । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच […]