०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

जनकपुरधाम-जयनगर खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्न माग

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ २९, २०८०

जनकपुरधाम । तेस्रो मुलुकबाट मालसामान ल्याउन र लैजानका लागि भारतको जयनगरदेखि जनकपुरधामसम्म मालवाहक रेल सेवा सञ्चालन गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा व्यापारीहरूले आइतबार नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक निरञ्जन झालाई ज्ञापन पत्र बुझाउँदै मालवाहक रेल सञ्चालन गर्न माग गरेको हो । यात्रुवाहक रेलमा पनि मालवाहक बोगी राख्न संघको माग छ ।

२०७८ चैत्र १९ देखि कुर्था-जनकपुरधाम-जयनगर रेल सञ्चालनमा छ । अहिले सञ्चालनमा रहेको रेलमा यात्रुवाहक बोगी मात्र छ । मालवाहक बोगी नराख्दा भारतबाट मालसमान ढुवानी गर्न नपाएपछि समस्यामा परेको व्यापारीहरू बताउँछन् ।

विगतमा पनि भारतका विभिन्न प्रदेशहरू विहार, उत्तर प्रदेश, पश्चिम बंगाल, आसाम, आन्ध्र प्रदेश, महाराष्ट्रलगायत अन्य प्रदेशहरूबाट मालसामानहरू भारतको (बिहार प्रदेश) जयनगर आउने र त्यहाँबाट यात्रु बाहक बोगी साथै रहेको मालवाहक बोगीमा ढुवानी भई जनकपुरधामसम्म आउने गरेको थियो’, ज्ञापनपत्रमा उल्लेख छ ।

‘जयनगर-भारत-कुर्था-नेपाल’ खण्डमा रेल्वे सेवा सञ्चालन सम्बन्धमा नेपाल र भारतबीच भएको एसओपी सम्झौतामा समेत यात्रुवाहक र मालवाहक रेल सेवा सञ्चालन हुने व्यवस्था रहेकोले यात्रुवाहक रेल सेवा सञ्चालनका लागि ध्यानाकर्षण गराएको संघका अध्यक्ष महासेठले बताए ।

यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाई दिन संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मधेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ज्ञापन पत्र पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]