२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

एनआरएमएका अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा.श्यामबाबु महतो

Logo
न्यूजमधेश प्रकाशित शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन गैरआवासीय मधेशी सङ्घ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा.श्यामबाबु महतो चयन भएका छन्।

पाँचौँ महाधिवेशनबाट महतोको अध्यक्षतामा ५४ सदस्यीय अन्तर्राष्ट्रिय कार्यसमिति चयन भएको हो। जनमत पाटीका अध्यक्ष डा.चन्द्रकान्त राउतको प्रमुख आतिथ्यमा सम्पन्न पाँचौँ महाधिवेशनबाट कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा ई. विजयकुमार यादव, ई. धिरजकुमार साह, डा.रविन्द्रकुमार मण्डल चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा अधिकारी सदाम अंसारी, उपेन्द्र यादव, अनिलकुमार यादव, कपलेश्वर यादव चयन भएका छन्। महासचिवमा ई रामदेव राय, सचिवमा ई.प्रियंकाकुमारी यादव, कोषाध्यक्षमा ई. बद्री यादव, सह–सचिवमा श्यामसुन्दर साह, प्रवक्तामा सन्तोषकुमार ठाकुर, मिडिया कोर्डिनेटर कृष्णदेव सुतिहार (स्वराजी) चयन भएका छन्।

सल्लाहकार समितिमा प्रमुख ई.शम्भुनाथ साह, ई. सञ्जयकुमार कर्ण, ई.वीरेन्द्रकुमार साह, शिवकुमार पल, ई. अविशेक झा, ओमनारायण मण्डल, सिकेन्द्र यादव रहेको छ।

राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्म मधेसी समुदायलाई सङ्गठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता सङ्गठनको रूपमा गैर आवासीय मधेसी सङ्घ(एनआरएमए ) अन्तर्राष्ट्रिय समितिको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो।

त्यस्तै एनआरएमएले प्रवासमा रहेको मधेशीहरुलाई एउटा छाता सङ्गठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउँदै आई रहेको छ। आर्थिक सहयोगदेखि रोजगार सम्बन्धी समस्या, विदेशी क़ानुनी समस्या आदिमा समेत सङ्गठनले सहयोग जारी राखेको छ। यसका साथै विदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

गैर आवासीय मधेसी सङ्घ ४४ वटा देशमा फैलिएको छ भने यस सङ्गठनमा २ लाख भन्दा बढी सदस्य रहेका छन्। युएई मलेसिया, कतार, साउदी अरब, कुवेत, भारत र मध्यपूर्वका देशहरूमा एनआरएमएका सदस्यहरूको बाक्लो उपस्थिति रहेको छ।

विदेशी भूमिमा पनि गैर आवासीय मधेसी सङ्घ एउटा सशक्त, सङ्गठित र प्रभावकारी सङ्गठनको रूपमा देखिएको छ। सङ्गठनले आगामी दिनहरूमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाडी बढ्दै गरेको अन्तर्राष्ट्रिय समितिको अध्यक्ष डा. श्यामबाबु महतोले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]