१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थाले : सीके राउत

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थालेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् ।

‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए । अन्तिममा आफैं सेतो बाघबाट त्रसित हुनुपरेको थियो’, राउतले भने, ‘…त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै त्रसित भएको अवस्था, सेतो बाघ नै देख्ने अवस्था सिर्जित भएको देख्छु ।’

कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनमा समेत शासकहरुले व्यवस्था ढाल्ने षड्यन्त्र देखेको अध्यक्ष राउतले टिप्पणी गरे ।

‘दुई जना युवाले रोजगारी माग्दा मेरो व्यवस्था ढाल्न आयो कि भनेर सेतो बाघ देख्छ, धोती लाउँदा पनि षड्यन्त्र देख्छ । मधेश प्रदेशका शिक्षा मन्त्रीले प्रमुख अतिथिलाई फुल दिन जाँदा पनि गठबन्धन भत्काउन लाग्यो भनेर गृहमन्त्रालयले आदेश दिएर टाउको फुटाउनेसम्मको काम गर्छ’, राउतले भने ।

उनले अगाडि भने, ‘शासक वर्ग चारै तिर आफ्नो शासन व्यवस्था ढाल्न आयो कि भनेर त्रर्सित भएको देखिन्छ । त्यस्तै जंगबहादुरको हविगत देख्न नपरोस् ।’

अध्यक्ष राउतले सरकारलाई जनतामा निराशा रहेको बुझ्न आग्रह गरे । ‘म पनि सरकारमै छु । गठबन्धनको बैठकमा जाँदा कतैपनि जनसरोकारको मुद्दाहरुमा छलफल भइराखेको छैन ।’

राजनीतिक पार्टीको बैठक होस कि गठबन्धनको बैठक होस् सरकारमा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी विरोधीहरुलाई समाप्त पार्ने, कसरी प्रतिस्पर्धीहरुलाई समाप्त पर्ने भन्ने विषयहरुमा छलफल हुने गरेको राउतले टिप्पणी गरे ।

‘न्यायालयमा बेन्च सपिङ’

जनमत पार्टीका अध्यक्ष राउतले राज्यको कुनै पनि अंगको काममा सन्तोष मान्न नसकिने अवस्था देखिएको बताए । ‘देशमा हरेक अंगहरु व्यवस्थापिका होस्, कार्यपालिका होस् न्यायपालिका होस् पूर्णत असफल दिशातर्फ गइराखेको प्रतित भइराखेको छ’, उनी भन्छन्, ‘यो प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबरस्ट्याम जस्तै प्रयोग भइराखेको छ ।’

राउतले न्यायपालिकाप्रति पनि तिखो टिप्पणी गरे, ‘न्यायपालिका भन्नुहन्छ भने बेन्च सपिङ भइराखेको छ । न्यायको आशा गर्न नसकिने भइराखेको छ’, उनले भने ।

संवैधानिक निकायहरु सरकारको निर्देशनमा ज्यू हजुरी गर्नमा ब्यस्त रहेको र सरकारले पनि जनसरोकारको विषयमा काम गर्न नसकेको उनको भनाइ छ ।

‘सरकारको अवस्था यस्तो छ कि शिक्षा, स्वास्थ्य, रोजगारी कुनै पनि कुरामा डेलिभर गर्न सक्ने अवस्था देखिएको छैन, संकेत पनि देखिएको छैन’ उनले भने, ‘विगत एक वर्षमा सरकारले शिक्षा क्षेत्रमा उन्नती गरेको, स्वास्थ्य क्षेत्रमा उन्नती गरेको वा कतै १० हजार रोजगारी सिर्जना गरेको, कतै उद्योगधन्दा खोलेको सुन्न नपाउँदा जनता पक्कै पनि निराश छन् ।’

आफूले जता गयो त्यतै निराशा मात्रै देखेको राउतले बताए । हालै कतारबाट फर्किएको उल्लेख गर्दै उनले थपे, ‘देशमा मात्र होइन विदेशमा पनि निराशा छाएको देख्छु । देशप्रति, व्यवस्थाप्रति राजनीतिक पार्टीहरुप्रति, नेताहरुप्रति चर्को उदासीनता देख्दैछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]