२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

जनकपुरको कदमचोकमा होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, फाल्गुण १५, २०८०

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नयाँ सुविधा सम्पन्न होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ कदमचोकस्थित होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको हो । (सोमबार) विधिवत रूपमा रिबन काटेर होटलको उद्घाटन गरिएको छ ।

कदमचोकदेखि शिवचोक जाने बाटोमा राजश्री बैंकको अगाडि र सेन्टर मार्टको माथिल्लो तल्लामा रहेको सो रेष्टुरेन्ट सुविधा सम्पन्न र स्टाइलिस्ट छ । रेष्टुरेन्टका लागि काठमाडौंसहित अन्य विभिन्न ठाउँबाट सेफ मगाइएको सञ्चालक सन्तोष रायले जानकारी दिए ।

उनले जनकपुरवासीलाई चाहिने स्वाद रेष्टुरेन्टका परिकारमा उपलब्ध हुने बताए । उनले काठमाडौंसहित अन्य ठूला सहरमा पाइने विभिन्न परिकारलाई सोही स्वादमा यहाँ उपलब्ध गराइने दाबी गरे ।

सञ्चालक रायले रेष्टुरेन्टको डिजाइनसमेत विदेशी शैलीमा गरिएको बताए । जनकपुरधामका होटल सञ्चालक रायले सवा एक करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

उनका अनुसार यहाँ वकिलटोल, कदमचोक, भानुचोक, शिवचोक, विषहाराचोक, क्याम्पसचोक, देवीचोक बस्ने बाहिरबाट आएका ग्राहकको टाढा जानुपर्ने बाध्यता हटनेछ ।

रेष्टुरेन्टमा सबै सुविधासहित हाई क्वालिटी फोटो र भिडियोसहित रिल्सका लागि समेत उपकरण उपलब्ध गराउने उनले बताए । सञ्चालक रायले ग्रान्ड ओपनिंगमा रेष्टुरेन्टमा आउने ग्राहकका लागि ७ दिनसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]