१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

जसपासहित विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ता जनमत प्रवेश !

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन् ।

शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र अबिर लगाएर पार्टी प्रवेश गराइएको हो।

सो कार्यक्रममा जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद यादवसहित पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]