११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

जनमत, तमलोपा र जनता प्रगतिशील पार्टीबीच सहकार्य गर्ने सहमति

Logo
न्यूज मधेश प्रकाशित आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । जनमत पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीबीच सहकार्यको सहमति भएको छ ।

जनमत पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा आइतबार तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनता प्रगतिशीलका अध्यक्ष हृदयेश त्रिपाठी र जनमत पार्टीका अध्यक्ष सीके राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा नेपालको संविधान रक्षाको लागि समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई-मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरु अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्ने जस्ता ७ बुँदा समेटिएका छन् ।

यसअघि फागुन ९ गते तमलोपा र जनता प्रगतिशील पार्टीबीच सहकार्य गर्ने सहमति भएको थियो । अन्य दलहरुलाई पनि सहकार्यको अभियानमा सहभागी हुन अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]