२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

कमला पुलको काम असार १५ भित्र सम्पन्न गर्न मन्त्री महासेठको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित आइतबार, चैत्र १८, २०८०

जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भासिएको कमला पुल असार १५ भित्र पुनः निर्माण गर्न निर्देशन दिएका छन् ।

पुलको निरीक्षण गर्न गएका उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौँ ।’

धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका लागि ०६८ सालमा पप्पु कन्ट्रक्सन र लुम्बिनी बिल्डर्ससँग संयुक्त ठेक्का सम्झौता भएको थियो ।

लुम्बिनी बिल्डर्सले लगभग काम सकेर ७८ असार १७ मा उद्घाटनको तयारीमा जुटेको बेला पुलको पिलर सामान्य बाढीमै भासियो । त्यसपछि अलपत्र पुल निर्माण छिटो सक्न दबाब दिँदै स्थानीयले आन्दोलनसमेत गरिरहेका छन् ।

भासिएको तीन वटा पिलरको दुवैतिर नयाँ पिलर खडा गरी पुल पुनः निर्माण गर्नुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम गरिरहेको छ । तर, काम सुस्त गतिमा भइरहेको गुनासोपछि मन्त्री महासेठले अनुगमन गरेका हुन् ।

समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]