२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा संतोष निर्विरोध निर्वाचित

Logo
न्यूज मधेश प्रकाशित आइतबार, चैत्र १८, २०८०

जनकपुरधाम । निर्माण व्यवसायी संघ धनुषाको सदस्य पदमा सन्तोष कुमार यादव सहित दुई जना निर्विरोध निर्वाचित भएको छ ।

आईतबार यादव निर्माण व्यवसायी संघ धनुषा अन्तर्गतको क वर्गको सदस्य पदमा निर्वाचित भएको हो ।

निर्वाचन कार्यालयले तोकेको अवधि भित्र उक्त पदमा अन्य उम्मेदवारले मनोनयन दर्ता नगरेपछि यादव निर्विरोध विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यादव इन्फ्रास्टक्चर एस एण्ड बी बिल्डर्स प्रालिका सञ्चालक हुन ।

यस्तै निर्माण व्यवसायी संघ धनुषाको अन्तर्गतकै ख वर्गको सदस्य पदमा सुभासचन्द्र चौधरी पनि निर्विरोध निर्वाचित भएको हो । बाँकी अन्य पदको लागि शनिबार निर्वाचन हुने तयारी छ । अध्यक्ष पदको लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]