१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पत्रकार आजादको सुरक्षाको विषय संसदमा उठ्यो

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, चैत्र २०, २०८०

काठमाडौं । मदिरा तस्करी र राजस्व छलीको पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका सिरहाका पत्रकार विनय आजादको सुरक्षाको विषय संसदमा उठेको छ ।

जनमत पार्टीका सांसद अब्दुल खानले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहसिक रिपोर्टिङ गरेका पत्रकार आजादलाई राज्यले संरक्षण गर्नुपर्नेमा प्रहरीकै रोहबरमा तस्करहरूले आक्रमण गर्ने योजना बनाएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

पत्रकार आजादले गत चैत ४ गते सिरहाको गोलबजार नगरपालिका-९ मा अवस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरी उद्योगले आन्तरिक राजस्व विभागको एउटै स्टिकरलाई दुई-तीन टुक्रा पारी दैनिक लाखौं राजस्व छली गर्दै आएको र दैनिक झण्डै एक करोडको ती अवैध मदिरा भारत तस्करी गर्दै आएको विषय पर्दाफास गरेका थिए ।

सोही विषयमा गत चैत ८ गते नेपाल प्रहरीका सई अमित राईको रोहबरमै तस्करहरूले पत्रकार आजादमाथि आक्रमण गर्ने योजना बनाएका थिए । यस विषयमा नेपाल पत्रकार महासंघ जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले विज्ञप्ति निकाले पनि संलग्नहरूलाई कारवाही नहुनुमा उनले शंका व्यक्त गरे ।

राजस्व छली र मदिरा तस्करी प्रकरणमा प्रहरी, प्रशासन र आन्तरिक राजस्वका कर्मचारीहरूको मिलेमतो स्पष्ट भइसकेको भएपनि उनीहरूमाथि अनुसन्धान हुन नसकेको र यो समाचारपछि पक्राउ परेकाहरू रिहा भइरहेको, घटनाको ढाकछोप गर्ने प्रयत्न भइरहेको भन्दै उनी सरकार नै गिरोहतन्त्रको संरक्षक रहेको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]