१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

धनुषा निर्माण व्यवसायी संघको निर्वाचन : मतदान जारी

Logo
न्यूज मधेश प्रकाशित शनिबार, चैत्र २४, २०८०

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघमा नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित उद्योग बाणिज्य संघमा विहान साढे १० बजेबाट मतदान सुरु भएको हो ।

संघको ११ सदस्यीय कार्यसमितिका लागि मतदान भइरहेको छ । मतदानस्थलमा ठूलो तामझाम देख्न सकिन्छ । उम्मेदवारहरु ठूला ठूला प्रचार सामग्री सडकमा झुण्ड्याएका छन् ।

संघको अध्यक्षका लागि चार जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्माण व्यवसायीहरु अशोक चौधरी, रमेश यादव, जगदिश महासेठ र प्रदिप गुप्ता अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रेका छन् । उनीहरु प्यानल खडा गरेका छैनन् ।

उपाध्यक्षका लागि बिरेन्द्र झा, जयप्रकाश साह, दिपक शर्मा, सुरेन्द्र राई, सन्तोष साह र विकास साह उम्मेदवार छन् । सहसचिवमा बिरेन्द्र यादव, रुपेश सिंह, राकेश जयसवाल, विकास प्रसाद यादव र राजेश दास चुनावी मैदानमा छन् ।

तस्तै सचिवका लागि सन्तोष मुखिया, मनोज साह, मुकेश कर्ण र नवनीत कुमार झा प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा जयप्रकाश यादव, सुनिल कुमार साह, लक्ष्मण कुमार यादव, रंजित राज सिंह र वैजनाथ यादव उम्मेदवार छन् ।

संघको छ जना सदस्यका लागि ‘कवर्गबाट सन्तोष यादव र ‘ख’ वर्गबाट सुभाषचन्द्र चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् । ‘ग’ वर्गबाट कसैले उम्मेदवारी दिएका छैन् ।

‘घ’ वर्गबाट तीन सदस्य चयन गर्नुपर्नेमा ८ जना उम्मेदवारी दिएका छन् । ‘घ’वर्गबाट सदस्य चुनिन सिबेश ठाकुर, सुजित झा, राजिव साह, कमलेश जयशवाल, दिपक यादव, प्रदिप भण्डारी, विश्वनाथ यादव र अरबिन्द ठाकुर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

संघका ५९५ सदस्य मतदाता छन् । जसमध्ये लगभग सतप्रतिशत मतदान गर्ने निर्माण व्यवसायीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]