०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

वीरगंजको नेशनल मेडिकल कलेजमा म्याद गुज्रिएको केमिकल भेट्टियो

Logo
न्यूज मधेश प्रकाशित सोमबार, चैत्र २६, २०८०

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ।

संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले मेडिकल कलेजको ल्याबमा छापा मारेर मेडिकल कलेजसँग सम्बन्धित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए।

पर्सा प्रहरीका अनुसार मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाई नियन्त्रणमा लिएको हो। संयुक्त अनुगमनमा वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंज, वाणिज्य कार्यालय लगायतका प्रतिनिधिले संयुक्तरुपमा अनुगमन गरेको थियो।

वीरगंज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपीनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिए। ‘संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्टलाई जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ’, उनले भने, ‘केमिकल तथा रिएजेन्ट गरेर करिब ३३ प्रकृतिका भेट्टिएका छन्।’

सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको प्रयोग गरेपछि आउने रिपोर्टको विश्वासनीयतामाथि नै प्रश्न चिह्न उब्जिएको बताए। ‘केमिकल तथा रिएजेन्टको पोटेन्सियल नै कमजोर भएपछि रिपोर्टको नतिजामा प्रत्यक्ष असर पार्ने देखिन्छ’, उनले भने, ‘कोही मधुमेहको परीक्षण गर्न जानुभयो, तर म्याद गुज्रिएको रिएजेन्ट प्रयोग गरेपछि कस्तो नतिजा आउँला ?, मानिसको जनस्वास्थ्यको सवालमा यस्तो खालको हेलचेक्क्राइ गर्नुहुँदैन।’

सदस्य सचिव लालदासले प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्ट कुनै दुई वर्षदेखि म्याद गुज्रिएको भेट्टिएको जानकारी दिए। ‘पक्राउ परेका दुई जनालाई पर्सा प्रहरी कार्यालयमा बयान लिने काम भइरहेको छ’, उनले भने, ‘बयानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने छ।’ संयुक्त अनुगमन टोलीले जफत गरिएका म्याद गुज्रिएका केमिकल र रिएजेन्टलाई कानुनी प्रक्रिया पूरा गरेर नष्ट गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]