०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

पर्साको छुट्टाछुटै आगलागी, १३ लाख रुपैयाँ बराबरको क्षति

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, चैत्र २७, २०८०

विरगञ्ज। पर्साका छुट्टाछुटै स्थानमा आज बिहान आगलागी हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको छ ।​

धोबिनी गाउँपालिका– ३ गुलरियामा आज बिहान आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भई स्थानीय सुरेन्द्र पटेलको घरबाट सुरु भएको आगलागी फैलिएर पटेलसहित स्थानीय फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ मियाँ धोवी, रवीन्द्र पटेल लगायतको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घरमा रहेको फर्निचर, लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, साइकललगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको र सो परिमाण बराबर क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक शम्भु विक्रम शाहले जानकारी दिए।

पोखरिया नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ पटेर्वा टोलमा आज बिहान आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय भागिरत महतो थारूको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घरमा रहेको चार क्विन्टल सुर्ती, फर्निचरलगायतका समान जल्दा सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]