२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

कोशी पीडितहरुको एक महिनादेखी अनशन जारी

Logo
प्रकाशित बुधबार, आश्विन ०१, २०७६

सप्तरी । अनिश्चितकालीन रिले अनसनमा बसेका कोशी पीडतहरुका माग बेवास्ता गरीएका कारण ३३ दिन देखि कोशी ब्यारेजमा अनशन जारी रहेको छ ।

३२ साउनदेखि रिले अनशन सुरु गरेका पीडितहरु एक महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै कोशी पीडतहरुले बुधबार आन्दोलनका नयाँ कार्यक्रमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

कोसी नदी कटान–डुबानपीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको अगुवाइमा पूर्वी कन्ट्रोल रुमआगाडि किसानको रिले अनशन संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

तीन बुँदे माग राखि विगत ३३ दिनदेखि बसेका अनशनका संघर्ष समितिका अनुसार ९ असोजदेखि अनिश्चितकालीन आमरण अनसन तथा धर्ना, घेराउ र चक्का जाम लगायतका आन्दोलन कार्यक्रम गरिने जानकारी गराईएको छ ।

त्यसैगरी ज्ञापन पत्रमा कोशी समझौताको कार्यान्वयन, बालीनालीको क्षतिपूर्ति तथा १ सय ९९ सय वर्ष लिजमा रहेका कोशी पीडितको जग्गा जमिनको सुरक्षा सुनिश्चितता लगायत तीन बुन्दे माग सहित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]