२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

अक्षर विद्या मन्दिरको ददागिरी : स्टाफको बच्चा नपढाउने अडान

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख १८, २०८१

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ ।

सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो ।

यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले आरोप लगाए ।

‘स्टाफको बच्चालाई एडिमिशन लिँदैनन्,’लेखापालको कुरा उदृत गर्दै उनले भने,‘जब सम्म यहाँ काम गर्छौ तब सम्म यहाँ तिम्रो छोराको भर्ना हुँदैनन् । एक पटकमा कुरा बुझ्दैनौं ।’ जागिर छोडेर गएपछि मात्रै एडमिशन लिने लेखापाल यादवको भनाई छ ।

लेखापालको कुरा चित्त नबुझेपछि उनले विद्यालयका सञ्चालक पंकज जलानसंग पनि भेटेर छोराको भर्ना लिन गुहार गरे । ‘मैले उहाँलाई आदरपुर्वक यहाँ नै भर्ना गर्दिन अनुनय गरे,’सोमनाथले सञ्चालक जलानसंगको कुराकानी सुनाउँदै भने,‘तर, उहाँहरु मान्नु भएन । र, शिक्षाको मन्दिर जस्तो ठाउँमा विभेद ग¥यो ।’

यस विषयमा सञ्चालक जलानले भर्ना नलिएको कुरा स्वीकार गरे । उनले स्टाफको बच्चा पढाउँदा काम गर्न कठिनाई भएको बहाना बनाउँदै पञ्छिन खोजे । तर, त्यही अन्य शिक्षकको बालकालिका पढिरहेको विषयमा उनले यो रुल्स चार वर्षदेखि मात्रै लागु भएको बताए ।

‘हामीलाई वर्किङमा समस्या आएपछि चार वर्षअघि स्टाफको बच्चालाई नपढाउने निर्णय गरेका छौं,’जलानले भने,‘त्यसअघि भर्ना भएको स्टाफको बालबालिका अझै पढ्दै छन् । हामीले नयाँ भर्ना लिएका छैनौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]