२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

अक्षर विद्या मन्दिरको ददागिरी : स्टाफको बच्चा नपढाउने अडान

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख १८, २०८१

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ ।

सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो ।

यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले आरोप लगाए ।

‘स्टाफको बच्चालाई एडिमिशन लिँदैनन्,’लेखापालको कुरा उदृत गर्दै उनले भने,‘जब सम्म यहाँ काम गर्छौ तब सम्म यहाँ तिम्रो छोराको भर्ना हुँदैनन् । एक पटकमा कुरा बुझ्दैनौं ।’ जागिर छोडेर गएपछि मात्रै एडमिशन लिने लेखापाल यादवको भनाई छ ।

लेखापालको कुरा चित्त नबुझेपछि उनले विद्यालयका सञ्चालक पंकज जलानसंग पनि भेटेर छोराको भर्ना लिन गुहार गरे । ‘मैले उहाँलाई आदरपुर्वक यहाँ नै भर्ना गर्दिन अनुनय गरे,’सोमनाथले सञ्चालक जलानसंगको कुराकानी सुनाउँदै भने,‘तर, उहाँहरु मान्नु भएन । र, शिक्षाको मन्दिर जस्तो ठाउँमा विभेद ग¥यो ।’

यस विषयमा सञ्चालक जलानले भर्ना नलिएको कुरा स्वीकार गरे । उनले स्टाफको बच्चा पढाउँदा काम गर्न कठिनाई भएको बहाना बनाउँदै पञ्छिन खोजे । तर, त्यही अन्य शिक्षकको बालकालिका पढिरहेको विषयमा उनले यो रुल्स चार वर्षदेखि मात्रै लागु भएको बताए ।

‘हामीलाई वर्किङमा समस्या आएपछि चार वर्षअघि स्टाफको बच्चालाई नपढाउने निर्णय गरेका छौं,’जलानले भने,‘त्यसअघि भर्ना भएको स्टाफको बालबालिका अझै पढ्दै छन् । हामीले नयाँ भर्ना लिएका छैनौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]