०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

जन्मकैदको सजाय पाएका लोसपा सांसद शर्मा निलम्बित

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २१, २०८१

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो ।

जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय सुनाएको थियो । सजाय पाएको ५ महिनापछि शर्मालाई सांसद पदबाट निलम्बन गरिएको छ ।

प्रदेशसभा सचिव अरुण कुमार झाले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेशसभा कार्य संचालन नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम माननीय सभामुख ज्यूले मिति २०८१।०१।१८ गतेमा निज माननीय अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गर्नु भएकोले यो सूचना सम्बन्धित सवैमा जानकारीको लागि प्रकाशित गरिएको छ ।’

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीमा रहेको सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यामा परमेश्वर कबीर साहेबको ६२७ औं प्रकट दिवसको भव्य तयारी भईरहेको छ । परमेश्वर कबीर साहेबको ६२७ बर्ष पहिले जेष्ठ पुर्णिमाका दिन कासी बनारस सहरको लहरतारा नामक तालमा कमलको फुलमा प्राकाट्य भएको मानिन्छ। सोही अवसरमा प्रत्येक वर्षझै यस वर्ष पनि आश्रममा प्रकट […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गर्नुभएको छ । उहाँले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गर्नुभएको हो । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पु¥याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाउनुभएको उहाँको निजी सचिवालयले जनाएको […]

जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए । उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले […]