२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २२, २०८१

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् ।

यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता छन् ।

नव प्रवेशी कार्यकर्तालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरे।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका अध्यक्ष डा.राउतले एक्सपाइर पुराना पार्टीमा नलाग्न जनतालाई उनले आग्रह गरेका छन् ।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,पुर्वमन्त्री अनिता देवी साह,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादव,गैर आवासीय मधेशी संघका सल्लाहकार जगतलाल मण्डललगाइएका नेताकार्यकर्ताहरुले मन्तव्य राखेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]