३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

धनुषाको राजनीतिमा गुण्डागर्दी चल्दैन : नेता साह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २२, २०८१

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् ।

शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या छ, मलखादको समस्या छ, बेरोजगारी समस्याले किशोरहरु सानै उमेरमा विदेशिन बाध्य छन्। तर हामी धनुषाका नेताहरु गुण्डागर्दी शैलीमा राजनीति गर्न खोज्दैछौं। एकले अर्काेलाई थिचोमिचो गर्न खोज्दैछौं। यस्तो राजनीतिले जिल्लाका जनताको जीवन स्तरमा सुधार आउने छैन ।’

धनुषाको विकासका लागि सम्पूर्ण राजनीतिक दलहरु मिलेर अगाडि बढ्नु पर्ने सुझाव नेता साहले दिए। ‘अरु जिल्लाहरुमा विकास निर्माणको कार्यमा सबै दल मिलेर काम गर्छन् तर धनुषामा एउटा पार्टीले काम गरे अर्कोले अवरोध गर्ने परम्परा देखिन्छ। यसरी हामी हाम्रो जिल्लाकै जनतालाई गरिब बनाइ राखेका छौं।’ नेता साहले भने,‘हेरक पटक संघीय मन्त्रिपरिपाद्मा धनुषाबाट कम्तिममा एक जना मन्त्री हुने गरेको छ। उहाँहरुले पार्टीभन्दा माथी उठेर जिल्लामा विकास निर्माण तथा सुधारको काम गर्नु पर्नेछ ।’

जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनताको समस्या लिएर जाँदा कतिपय प्रशासनिक अड्डामा अनदेखा गर्ने प्रयास भइरहेकोप्रति आक्रोस पोख्दै नेता साहले भने,‘जनमत पार्टी पढेलेखेका वा बैज्ञानिकको पार्टी हो भनेर हाम्रा नेता कार्यकर्तालाई ‘सुधुवा’ ठानेर हेप्ने प्रयास भएको देखिन्छ। पुलिस प्रशासनले यो विर्सिनु हुँदैन कि हामी दश वर्ष संघर्ष गरेर आएका हौं। हामी अहिले सैंयमित भएर अगाडि बढ्न खोज्दैछौं। हाम्रा नेता कार्यकताहरुले जनताको समस्या लिएर जाँदा सरकारी अड्डाहरुमा वा वडा–पालिका कार्यालयहरुमा सम्मानजनक व्यवहार भएन भने हामी चुप लागेर बस्ने छैनौं ।’

उक्त सभालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत, मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव, धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डललगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र जसपालगायतको दलबाट ५ सयभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]