०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २२, २०८१

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ ।

आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले पीडितपरिवारलाई कम्बल, तन्ना, सिरानी, थाल, कचौरा, गिलास पानीको बोटललगायत राहत सामग्री प्रदान गरे ।

राहत वितरण कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ज्यानको बाजी राखेर सहयोग गरेकामा धन्यवाद दिए । उनले विपद् तथा सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे ।

राहत वितरणमा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्का, बोर्डर आउट पोष्ट (बिओपी) बाराउद्योरणका सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनाली, बलरा नगरपालिका-१, का वडाध्यक्ष बिकाउ ठाकुरलगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]