३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

आज घर-घरमा सहिदलाई श्रद्धाञ्जली दिएर कालो दिवस मनाउन डा सीके राउतको अपिल

Logo
प्रकाशित शुक्रबार, आश्विन ०३, २०७६

जनकपुरधाम । डा सीके राउत नेतृत्वको जनमत पार्टीले असोज ३ अर्थात आजको दिन कालो दिवसको रुपमा शहिदहरुको बलिदानीलाई सम्मान गर्न घर – घरमा सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न अपिल गरेको छ।

शहीद परिवारलाई मासिक ३० हजार उपलब्ध गराउन, उपचार खर्च दिन, मुद्दा फिर्ता लिन माग गर्दै विगतमा भएको सम्पूर्ण सम्झौताहरु लागू गर्न दबाब दिन घर–घरमा शहीदलाई श्रद्धाञ्जली अर्पण गर्न अपील गरेका छन् ।

त्यसैगरी डा राउतले ‘राइट टू रिकाल’को संवैधानिक व्यवस्था गर्न माग गर्दै । उनले जनमत संग्रह गर्ने व्यवस्थाका लागी ऐन बनाउन पनि माग गरेका छन् । संविधानले जनमत संग्रह गर्न अधिकार दिएको भन्दै ।डा राउतले आवश्यक ऐन बनाउन माग गरेका हुन् ।

संविधानको धारा २७५ मा जनमत संग्रहको व्यवस्था गरिएको भन्दै उनले संविधानले दिएको अधिकार प्रयोग गर्न आवश्यक ऐन बनाउनु पर्नेमा जोड् दिएका छन् ।

‘नेपालको संविधानको धारा २७५ मा रहेको जनमत संग्रह गर्ने व्यवस्थाका लागि आवश्यक ऐन तयार गर्दै ५ लाख नागरिकले आवश्यक संविधान संशोधनको लागि हस्ताक्षर गरेर बुझाएको खण्डमा सो विषयलाई संघीय संसद्ले जनमत संग्रहमा लग्नुपर्ने प्रावधान ल्याउन जनमत पार्टीले माग गर्दछ,’ सिके राउतले फेसबुकमा लेखेका छन् । साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मजबूत बनाउँदै र जनभावना अनुरुप सिमांकन सच्चाउनु पर्नेमा समेत जोड् दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]