१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

सिराहाका एसपी हेडक्वार्टरको छानविनमा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ ।

साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् ।

उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ । एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले कार्यक्षमतामा कमजोर रहेका ६ एसपीलाई तानिसकेको छ । आचार्यको हकमा पनि कैफियत देखिएकोले हटाउने सम्भावना छ ।त्यस्तै, सुनसरीका एसपी विपिन रेग्मीमाथि समेत उजुरी बढ्न थालेको छ ।

जिल्लामा समन्वय राम्रो गर्न नसकेको र तस्करी समेत बढेको भनेर प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]