१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो ।

राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद उपलब्ध गराउने बताएका हुन् ।

“आगलागीका कारण घर जलेकाले पालिकाले पीडितलाई जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरेको हो”, उहाँले भन्नुभयो, “दलित तथा विपन्न समुदायलाई स्थानीय सरकार भएको महसुस गराउनु जनप्रतिनिधिको प्रमुख दायित्व हो ।”

इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी र सशस्त्र प्रहरी लहानका प्रमुखको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो । एक साताअघि पीडित बस्दै आएको घर तथा कटेरोमा आगलागी भएको थियो ।

यसअघि मुस्लिम समुदायबाट पनि मोहम्मद सेराजको अगुवाइमा वडाअध्यक्ष प्रथमलाल चौधरीको उपस्थितिमा आगलागी पीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको थियो ।आगोले घर जलेपछि अस्थायी संरचना बनाउन स्थानीयले सहयोग गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]