१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

पुर्वमन्त्री यादवको नक्कली फेसबुक आईडी बनाएर पैसा माग्दै

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो ।

पुर्वमन्त्री यादवको नक्कली फेसबुक आइडी बनाएर कसैले ‘स्कायनर’मार्फत उनका साथीहरुसँग पैसा मागिरहेको प्रती उनको ध्यानाकर्षण भएको हो ।

सप्तरी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सांसदसमेत रहेका महेश प्रसाद यादवले भने, ‘मेरा फेसबुकका साथीहरूले मलाई सूचित गरे कि कसैले मेरो नाममा नक्कली फेसबुक आइडी खोलेका छन् र मेरा साथीहरुसँग पैसा माग्दै छन् । म मेरा सबै साथीहरुलाई अनुरोध गर्न चाहन्छु कि यो म होइन र यो धोका दिनेको बारेमा सजग रहनुहोस् तथा पैसा नदिनुहोस् ।’

पुर्वमन्त्री यादवले नाममा बनाइएको फेक अकाउन्टबाट धेरै जनालाई फ्रेन्ड रिक्वेस्ट समेत पठाउने गरेको पाइएको छ । विभिन्न बहाना देखाउँदै आफ्नो नामबाट पैसा माग्ने गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]