२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

प्रवासी नेपालीलाई मतदानको व्यवस्था मिलाउन जनमत पार्टीको माग

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् ।

‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको र कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा यसले ओगट्दै नेपालको अर्थतन्त्रलाई टेवा पुर्याइराखेको छ ।
तर,प्रवासी नेपालीहरूको पैसा चल्ने तर भोट नचल्ने अवस्था अझै पनि देखिएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ, ‘आगामी निर्वाचनमा प्रवासी नेपालीहरूले पनि मतदान गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेमा त्यसको कुनै विश्वसनीय आधार देखिएको छैन । पासपोर्ट नवीकरण गर्न समेत ४–५ महिना कुर्नु पर्ने अहिलेको अवस्थामा प्रवासी नेपालीहरूले विदेशबाट मतदान गर्न पाउँछन् भने कुरा विश्वसनीय नरहेको र अन्तिम समयमा पुनः सरकारले प्राविधिक तैयारी नपुगेको भन्दै प्रवासी नेपालीहरूलाई मतदानको अधिकारबाट वञ्चित गरिने स्पष्ट संकेत देखिएको छ ।’

प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तैयारी गर्न गराउन पार्टीले आग्रह गरेको छ ।

विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौं सम्म कुर्नु पर्ने बाध्यता हटाउन आग्रह गरिएको छ ।

‘राहदानी नवीकरणका लागि समेत ४–५ महिना कुर्नु पर्ने, पटक–पटक दूतावास धाउनु पर्ने, ठूलो रकम खर्च हुने, कतिपय ठाउँमा त आफ्नो एक महिनाको तलब नै मजदुरहरूले खर्चिनु पर्ने, दूताबासका कर्मचारीहरूलाई पैसा खुवाउनु पर्ने जस्ता समस्याहरू देखा परेका छन् ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रवासी भूमिमा काम गरेर देशकै अर्थतन्त्र धानिरहेका नेपाली कामदारहरूले पैसा र राजस्व तिरेर पनि समयमा सुलभ तरीकाले राहदानी नवीकरण गराउन नसक्नु र अनेकौं यातना खेप्नु निकै नै बिडम्बनापूर्ण रहेको जनमत पार्टीको ठहर छ ।

कर्मचारी थप्ने, पासपोर्ट नवीकरण केन्द्र तथा क्याम्पहरू दूरदराजहरूमा समेत नियमित राख्ने, प्रक्रियाहरू अनलाइन गर्ने सहितका उपायहरू अपनाएर पासपोर्ट नवीकरणलाई छिटोछरितो र भ्रष्टाचारमुक्त बनाउन सुझाव दिइएको छ ।

वैदेशिक रोजगारमा गएकाहरूमध्ये ठूलो भाग धेरै नपढेका, अंग्रेजी÷अरबी मात्रै होइन नेपाली समेत राम्ररी बोल्न र बुझ्न नसक्नेहरू रहेकाले मल्टिपल हटलाइनको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

विदेशमा रहेका नेपालीहरु तथ्यांक दूतावासहरुमा व्यवस्थित नरहेकोप्रति पनि सरकारको ध्यानाकषर्ण गराइएको छ ।

जनमत पार्टी सम्बद्ध प्रवासी जनमत संघ र गैर–आवासीय मधेशी संघलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगहरूलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकहरुमा सहभागी गराउन आग्रह गरिएको पार्टी सचिब बीपी साहले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]