३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

प्रवासी नेपालीलाई मतदानको व्यवस्था मिलाउन जनमत पार्टीको माग

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् ।

‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको र कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा यसले ओगट्दै नेपालको अर्थतन्त्रलाई टेवा पुर्याइराखेको छ ।
तर,प्रवासी नेपालीहरूको पैसा चल्ने तर भोट नचल्ने अवस्था अझै पनि देखिएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ, ‘आगामी निर्वाचनमा प्रवासी नेपालीहरूले पनि मतदान गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेमा त्यसको कुनै विश्वसनीय आधार देखिएको छैन । पासपोर्ट नवीकरण गर्न समेत ४–५ महिना कुर्नु पर्ने अहिलेको अवस्थामा प्रवासी नेपालीहरूले विदेशबाट मतदान गर्न पाउँछन् भने कुरा विश्वसनीय नरहेको र अन्तिम समयमा पुनः सरकारले प्राविधिक तैयारी नपुगेको भन्दै प्रवासी नेपालीहरूलाई मतदानको अधिकारबाट वञ्चित गरिने स्पष्ट संकेत देखिएको छ ।’

प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तैयारी गर्न गराउन पार्टीले आग्रह गरेको छ ।

विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौं सम्म कुर्नु पर्ने बाध्यता हटाउन आग्रह गरिएको छ ।

‘राहदानी नवीकरणका लागि समेत ४–५ महिना कुर्नु पर्ने, पटक–पटक दूतावास धाउनु पर्ने, ठूलो रकम खर्च हुने, कतिपय ठाउँमा त आफ्नो एक महिनाको तलब नै मजदुरहरूले खर्चिनु पर्ने, दूताबासका कर्मचारीहरूलाई पैसा खुवाउनु पर्ने जस्ता समस्याहरू देखा परेका छन् ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रवासी भूमिमा काम गरेर देशकै अर्थतन्त्र धानिरहेका नेपाली कामदारहरूले पैसा र राजस्व तिरेर पनि समयमा सुलभ तरीकाले राहदानी नवीकरण गराउन नसक्नु र अनेकौं यातना खेप्नु निकै नै बिडम्बनापूर्ण रहेको जनमत पार्टीको ठहर छ ।

कर्मचारी थप्ने, पासपोर्ट नवीकरण केन्द्र तथा क्याम्पहरू दूरदराजहरूमा समेत नियमित राख्ने, प्रक्रियाहरू अनलाइन गर्ने सहितका उपायहरू अपनाएर पासपोर्ट नवीकरणलाई छिटोछरितो र भ्रष्टाचारमुक्त बनाउन सुझाव दिइएको छ ।

वैदेशिक रोजगारमा गएकाहरूमध्ये ठूलो भाग धेरै नपढेका, अंग्रेजी÷अरबी मात्रै होइन नेपाली समेत राम्ररी बोल्न र बुझ्न नसक्नेहरू रहेकाले मल्टिपल हटलाइनको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

विदेशमा रहेका नेपालीहरु तथ्यांक दूतावासहरुमा व्यवस्थित नरहेकोप्रति पनि सरकारको ध्यानाकषर्ण गराइएको छ ।

जनमत पार्टी सम्बद्ध प्रवासी जनमत संघ र गैर–आवासीय मधेशी संघलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगहरूलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकहरुमा सहभागी गराउन आग्रह गरिएको पार्टी सचिब बीपी साहले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]