०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मधेशमा जनमतसँग संवाद गर्ने जसपाको निर्णय

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए ।

‘नियमित बस्दै आएको संसदीय दलको बैठक जस्तै सोमबार पनि बसेको हो,’ प्रदेश सांसद यादवले भने,‘बैठकमा दुई विषयमा छलफल भयो । प्रदेशसभा नियमित सञ्चालन गर्न जनमत पार्टीसँग छलफल गरी अवरोध खुलाउने र जसपा विभाजनपछि जसपा नेपाललाई एकढिक्का बनाएर पार्टीलाई झन् बलियो बनाउने विषयमा बैठक केन्द्रित थियो ।’

संसदीय दलको बैठकमा १९ जनामध्ये १६ जना सांसद उपस्थित थिए । प्रदेश सांसदहरू महोतरीका सरोजकुमार सिंह, सिरहाकी शहिदा खातुन र बाराका सारदा शंकर कलवार बैठकमा आएनन् । निर्वाचन क्षेत्रको काम र घरमा विवाह भएकोले तीन जना सांसद बैठकमा आउन नसकेको जानकारी गराएको बैठकमा सहभागी सांसदले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]