२९ पुष २०८१, मंगलबार
14-01-2025 , Tue
×

मधेशमा जनमतसँग संवाद गर्ने जसपाको निर्णय

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए ।

‘नियमित बस्दै आएको संसदीय दलको बैठक जस्तै सोमबार पनि बसेको हो,’ प्रदेश सांसद यादवले भने,‘बैठकमा दुई विषयमा छलफल भयो । प्रदेशसभा नियमित सञ्चालन गर्न जनमत पार्टीसँग छलफल गरी अवरोध खुलाउने र जसपा विभाजनपछि जसपा नेपाललाई एकढिक्का बनाएर पार्टीलाई झन् बलियो बनाउने विषयमा बैठक केन्द्रित थियो ।’

संसदीय दलको बैठकमा १९ जनामध्ये १६ जना सांसद उपस्थित थिए । प्रदेश सांसदहरू महोतरीका सरोजकुमार सिंह, सिरहाकी शहिदा खातुन र बाराका सारदा शंकर कलवार बैठकमा आएनन् । निर्वाचन क्षेत्रको काम र घरमा विवाह भएकोले तीन जना सांसद बैठकमा आउन नसकेको जानकारी गराएको बैठकमा सहभागी सांसदले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]