२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

सिरहा नगरपालिकाले चलाए सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अभियान

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ ।

जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो ।

त्यसैगरी, बाल मैत्री, खेलमैत्री, पर्यावरणमैत्री विद्यालय बनाउने, विद्यालयमा मन्टेश्वरी वतावरण सिर्जना गर्ने र विद्यार्थीलाई वर्षमा दुई पटक निःशुल्क स्वास्थ्य जाँच गराउने अभियान समेत नगरपालिकाले घोषणा गरेको छ ।

अभियानअन्तर्गत ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आइतबार सिरहा नगरपालिका–६ मा रहेको श्री आधारभूत विद्यालय बसपिट्टामा वडा कार्यालयले कक्षा पाँच सम्मका तीन सय ८६ विद्यार्थीलाई पोसाक वितरण गरेको छ । भर्ना अभियानलाई सार्थकता दिन नगरपालिकाले सक्रियता बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताउनुभयो ।

“सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान भए मात्रै समाज पूर्ण रुपमा शिक्षित हुन्छ । त्यसैले तीनै तहका सरकारले सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधारमा गम्भीर हुनुपर्ने समय आएको छ,” अधिकृत यादवले भन्नुभयो, “राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक र अभिभावक उत्तिकै इमान्दार हुनुपर्छ, अनि मात्र सामुदायिक विद्यालयको स्तर सुधार हुन्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]