१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

उपेन्द्र यादवले गरे प्रधानमन्त्रीसंग भेटघाट ,के-के भयो कुरा ?

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख २५, २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् ।

आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका छन् । सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला नै होइन भन्दै उनले त्यस विषयमा कुराकानी नभएको बताए ।

पार्टीमा भएको घटनाको विषयमा पार्टीमा छलफल गर्न बाँकी रहेको बताउँदै उनले पार्टीको बैठकबाट छलफल गरी अगाडि बढ्ने बताए । जसपाका प्रवक्ता मनिष सुमनले पनि सरकारलाई दिएको समर्थन कायम रहने नरहने विषयमा पार्टीले छलफल गरेर टुगों लगाउने बताए । उनले भने, ‘अध्यक्ष ज्यु आइपुग्नु भएको छ, पार्टी कार्यालयमा छलफल हुन्छ त्यसपछि कसरी अगाडि बढ्ने तय हुन्छ ।’

उनले आजै पार्टीका शीर्ष नेता तथा सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनी जनसङ्ख्या सम्बन्धी एक कार्यक्रममा भाग लिन वैशाख १५ गते अमेरिका गएका थिए । अमेरिकाबाट कतार हुँदै उनी हिजो राती काठमाडौँ आइ पुगेका छन् ।

उनी आजै बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए । उनी अमेरिकामा भएकै बेला वैशाख २२ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएको थियो । राईले निर्वाचन आयोगमा जसपा नामको पार्टी दर्ता गराई सकेका छन् ।

अशोक राई नेतृत्वको जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहने निर्णय गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]