२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

सुधारगृहमा युवकको मृत्यु : कुटेर हत्या गरिएको परिवारको आरोप

Logo
न्यूज मधेश प्रकाशित बुधबार, बैशाख २६, २०८१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ।

शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ।

‘शरीरभर ठाउँ ठाउँमा पुराना र नयाँ थुप्रै घाउहरु छन्। गोरु चुटेजसरी कुटेर भतिजलाई मारियो। हिजो दिन र राति पनि कुटेछन्। मरेपछि बिहान अस्पताल लगे,’ मृतकका काका पदमबहादुर शाहीले भने, ‘हामीलाई अस्पतालमा मृत्यु भएपछि खबर पायौँ।’

उनका अनुसार सुधार गृहमा रहेका भतिज सुनिलसँग वैशाख १ गते परिवारको कुराकानी भएको थियो। त्यसयता सुनिलसँग परिवारलाई सम्पर्क गर्न दिइएको थिएन।

सुनिल गत पुस ४ गते सुधारगृह भर्ना भएका थिए।

पीडित परिवारले बिहीबार किटानी जाहेरी दिने तयारी गरेको छ।

अहिले शव पोष्टमार्टम गरेर घरमा ल्याइएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषिमाथि कारबाहीको माग पीडित परिवारले गरेको छ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेका बताएकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]