१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सुधारगृहमा युवकको मृत्यु : कुटेर हत्या गरिएको परिवारको आरोप

Logo
न्यूज मधेश प्रकाशित बुधबार, बैशाख २६, २०८१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ।

शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ।

‘शरीरभर ठाउँ ठाउँमा पुराना र नयाँ थुप्रै घाउहरु छन्। गोरु चुटेजसरी कुटेर भतिजलाई मारियो। हिजो दिन र राति पनि कुटेछन्। मरेपछि बिहान अस्पताल लगे,’ मृतकका काका पदमबहादुर शाहीले भने, ‘हामीलाई अस्पतालमा मृत्यु भएपछि खबर पायौँ।’

उनका अनुसार सुधार गृहमा रहेका भतिज सुनिलसँग वैशाख १ गते परिवारको कुराकानी भएको थियो। त्यसयता सुनिलसँग परिवारलाई सम्पर्क गर्न दिइएको थिएन।

सुनिल गत पुस ४ गते सुधारगृह भर्ना भएका थिए।

पीडित परिवारले बिहीबार किटानी जाहेरी दिने तयारी गरेको छ।

अहिले शव पोष्टमार्टम गरेर घरमा ल्याइएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषिमाथि कारबाहीको माग पीडित परिवारले गरेको छ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेका बताएकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]