०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

कमलाको एम्बुलेन्स महिनौंदेखी मेयरको घरमा,उपमेयर खोज्दै एम्बुलेन्स

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख २७, २०८१

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ ।

बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो ।

मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको एम्बुलेन्सले सेवा लिने गरेका छन् भने कोही मोटरसाइकलमा जान बाध्य भइरहेका छन् ।

एम्बुलेन्स जस्तो संवेदनशिल विषयमा नगर प्रमुख खेलाँची गरिरहेको नागरिकको गुनासो छ ।

नगरकी उपप्रमुख शिला देवी मण्डलले पनि दुई महिना पहिले एम्बुलेन्स खरिद गरिएपनि हाल सम्म पालिकामा नआएको स्वीकार गरिन् । उनी पनि एम्बुलेन्स कहाँ छन ? भनेर बारे अनविज्ञ छन् । उनले पनि एम्बुलेन्स खोजिरहेको बताइन् । यद्यपी अहिले सम्म नभेटिएको उनको गुनासो छ ।

नगर प्रमुख यादवले प्राविधिक काम भइरहेको हुनाले घरमै राखिएको बताए । दुई दिनमा एम्बुलेन्स पालिकामा जाने उनले प्रतिबद्धता गरे । नम्बर प्लेट र मन्त्रालयको काम बाँकी रहेको हुनाले थन्काइएको उनले प्रष्ट गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]