०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

मधेश प्रदेश : एमालेका मन्त्रीहरू कार्यक्रम बीचमै छाडेर सर्लाहीबाट जनकपुर किन फर्किए ?

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख २७, २०८१

जनकपुरधाम । मधेश सरकारका तीन मन्त्री सर्लाहीको बरहथवामा आयोजक एक कार्यक्रम बीचमै छाडेर हतार हतार जनकपुरधाम आइपुगेका छन् ।

बरहथवा नगरपालिका ३ स्थित एक विद्यालयमा चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रम अन्तर्गत महामारी रोकथाम तथा पुनः स्थापनाका लागि दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाको कार्यक्रम थियो । उक्त कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्ग पनि सहभागी थिए ।

राजदूत सोङ्गले सम्बोधन गर्न बाँकी रहेकै अवस्थामा कार्यक्रम छाडेर मधेशका भौतिक पूर्वाधार किवास मन्त्री सरोज कुमार यादव, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानून राज्यमन्त्री शारदा थापा जनकपुरधाम हिँडेकी छन् । तीनै मन्त्री नेकपा एमालेका हुन् ।

मधेश सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको समाचार बाहिर आएको छ । लगत्तै एमालेबाट मन्त्रीहरू सर्लाहीबाट हतार हतार जनकपुरधाम आउनुले प्रदेशको सत्तामा उथलपुथल आउने सम्भावना बढेको छ ।

सर्लाहीको कार्यक्रम छाडेर जनकपुरधाम हिँडेका स्वास्थ्य राज्यमन्त्री रायले केहि विषयमा छलफल गर्न जनकपुरधाम आइपुगेको बताए । उनले भने, ‘के विषयमा बैठक बस्दै छ भन्ने कुरा पछि भन्छौँ । गोप्य बैठक हो ।’

गृह राज्यमन्त्री थापाले जसपा नेपाल विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको बताइन् । उनले भनिन्, ‘सर्लाहीबाट भर्खर जनकपुर आइपुगेकी छु । केहिबेरमा बैठक बस्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]